१७ चैत्र २०८२, बुधबार
01-04-2026 , Wed
×

प्रदेशसभा सदस्यहरुको कार्यशैली मुल्याङ्कनका लागि जनमतले गरायो मतदान

Logo
न्यूज मधेश प्रकाशित आइतबार, भाद्र ०३, २०८०

राजविराज । जनमत पार्टीले आफ्ना प्रदेशसभा सदस्यहरुको कार्यशैली मुल्याङ्कन (एफ्रुभल रेटिङ) का लागि शनिबार निर्वाचन गराएको छ ।

एक साताअघि मात्र स्थानीय तहमा बिजयी भएका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष तथा वडा अध्यक्षको कार्यशैली मुल्याङ्कन (एफ्रुभल रेटिङ) का लागि सो निर्वाचन सम्पन्न गरिसकेको छ ।

सप्तरीको प्रत्यक्षतर्फ जितेका ४ र समानुपातितर्फका २ गरि ६ प्रदेशसभा सदस्यको कार्यशैली मुल्याङ्कनका लागि निर्वाचन गरिएको निर्वाचन अधिकृत शिवनन्दन मेहताले बताए ।

मतपत्रको एउटा कोठामा “तपाईको क्षेत्रका प्रदेश सभा सदस्यको काम सन्तोषजनक छ ? र अर्को कोठामा सन्तोषजनक छैन” भनी लेखिएको थियो । ती मध्ये एउटा रोजेर स्वस्तिक चिन्ह लगाउन मतदातालाई भनिएको थियो ।

निर्वाचन अधिकृत मेहताका अनुसार प्रदेशसभा २ को १ बाट निर्वाचित प्रदेश सांसद सतिशकुमार सिंहले ८० प्रतिशत मत प्राप्त गरेका छन् भने प्रदेशसभा २ को २ बाट निर्वाचित मधेश प्रदेशका शिक्षा तथा सामाज कल्याण मन्त्रीसमेत रहेका महेश प्रसाद यादवले ९२ प्रतिशत मत प्राप्त गरेका छन् । अन्य क्षेत्रको मतगणना भने जारि रहेको उनले जनाए ।

जिल्लाको प्रदेशसभा क्षेत्र नं. १ को २, प्रदेशसभा २ को १ र २, प्रदेशसभा क्षेत्र ३ को १ तथा समानुपातिकतर्फका दुई गरि ६ प्रदेशसभा सदस्यका लागि यस्तो निर्वाचन एकै पटक गरिएको जनमतका जिल्ला इन्चार्ज रामगमन साहले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]