२१ फाल्गुण २०८२, शुक्रबार
06-03-2026 , Fri
×

लोसपा कार्यालय खाली गर्न उर्दी

Logo
पत्रपत्रिका प्रकाशित सोमबार, भाद्र ०४, २०८०

काठमाडौँ । बबरमहलस्थित लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को कार्यालय तत्काल खाली गर्न नेपाल मधेसी निजामती कर्मचारी मञ्चले उर्दी जारी गरेको छ ।

लोसपाले कार्यालय सञ्चालन गर्दै आएको उक्त भवन मधेस कर्मचारी मञ्चको हो ।

२०७१ सालमा सरकारले नेपाली कांग्रेसनिकट नेपाल निजामती कर्मचारी युनियन, नेकपा एमालेनिकट निजामती कर्मचारी संगठन तथा तराई मधेस केन्द्रित दलनिकट नेपाल मधेसी निजामती कर्मचारी युनियनको कार्यालय राख्न एकएक रोपनी भोगाधिकार हुने गरी जग्गा उपलब्ध गराउने निर्णय गरेको थियो ।

उक्त जग्गामा मधेसी कर्मचारी मञ्चले भवन बनाएको थियो । २०७४ सालमा तत्कालीन तराई मधेस केन्द्रित ६ दलबीच एकीकरण भई राष्ट्रिय जनता पार्टी (राजपा) गठन भएपछि नयाँ पार्टीको कार्यालय मधेसी कर्मचारी मञ्चको सो भवनमा राखिएको थियो । आजको नागरिक दैनिकमा समाचार छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]