११ चैत्र २०८२, बिहिबार
26-03-2026 , Thu
×

समाजवादी मोर्चाको बैठक जारी

Logo
न्यूज मधेश प्रकाशित सोमबार, भाद्र ०४, २०८०

काठमाडौं,४ भाद्र । समाजवादी मोर्चाको बैठक जारी छ।नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रीय कार्यालय आलोकनगरमा बिहान ८ बजेपछि बैठक सुरू भएको हो।

यसअघि बैठक आइतबारका लागि तय भएको थियो । तर मोर्चाको घटक एकीकृत समाजवादीको पोलिटब्युरो बैठक चलिरहेकाले बैठक आज बिहानका लागि सारिएको थियो।

बैठकमा सदनको गतिरोध, सातै प्रदेशमा मोर्चाले गर्ने भनिएको कार्यक्रमलगायतका विषयमा छलफल हुने बताइएको छ।मोर्चाको गत असार ३० गते बसेको बैठकले ४–४ महिनामा नेतृत्व फेरिने, मोर्चाको सदस्य सचिव एकीकृत समाजवादीका उपाध्यक्ष प्रमेश हमाल रहने निर्णय गरेको थियो।

अहिले मोर्चाको संयोजक एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल रहेका छन्।

नेपाली मौलिकता सहितको समाजवाद स्थापना गर्ने र नेपालको संविधानको रक्षा, कार्यान्वयन र विकास गर्ने, विभेदरहित समाज स्थापना गर्ने लक्ष्यसहित गत असार ४ गते समाजवादी मोर्चा घोषणा गरिएको थियो।

मोर्चामा माओवादी केन्द्र, जनता समाजवादी, एकीकृत समाजवादी र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी रहेका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]