०३ चैत्र २०८२, बुधबार
18-03-2026 , Wed
×

जनकपुरधाममा सिचाईको भरपुर व्यवस्था गर्दै मेयर साह

Logo
प्रकाशित बुधबार, भाद्र १८, २०७६

जनकपुरधाम।जनकपुरधाम उपमाहानगरपालिकाका प्रमुख लालकिशोर साहले जनकपुरधाममा रहेको सिचाईको समस्यालाई सामाधान गर्नका लागि अग्रसर भएका छन ।

सिचाईको अभावमा जिल्लामा नै किसानहरुलाई खेती गर्ने समस्या भइरहेको बेला उपमाहानगरभित्रका किसानहरुलाई नगर प्रमुख लालकिशोर साहले चार पाच दिनको भित्रमा सिचाईको भरपुर व्यवस्था गर्नका लागि कदम अगाडी बढाएका हुन ।

नगर प्रमुख साहले सिचाईको समस्या सामाधानका लागि पहिलो चरणमा उपमहानगरपालिकाका वार्ड नं २५ लोहना,वार्ड नं १५ कुवा रामपुर,वार्ड नं २० देवपुरा रुपैठामा भरपुर सिचाईको व्यवस्था हुने गरि मुङरैल फाटक निमार्ण गर्ने भएको छ ।

उपमाहानगरले आफनै लगानीमा नहर निमार्ण गरेर सीचाईका लागि आवश्यक पानीको व्यवस्था गरि किसानहरुलाई फायदा पुरयाउने लक्ष्य लिइएको छ । यस कार्यका लागि मंगलवार देखि नै प्राविधिक टोली खटाइएको र विहिवार देखि नहर निमार्णको काम सुचारु गरि चार पाच दिन भित्रमा सम्पन्न गर्ने लक्ष्य लिइएको नगर प्रमुख साहले वताए ।

त्यसैगरि जनकपुरधाम उपमाहानगरपालिका वार्ड नं २५मा सिचाईका लागि तत्कालिन खानेपानी मन्त्रालयका सचिव गजेन्द्र ठाकुरले वारह फिट मोटाईको दुइवटा बोरिगं गाडन लगाएका थिए । तर बोरिंगको व्यवस्था गरिएपनि समयमै ध्यान नदिएपछि काम नलाग्ने अवस्थामा रहेको थियो । सोहि बोरिंगलाई पुनः सुचारु गरि ३ सय विघा खेती योग्य जग्गालाई सिचाई सुविधा पुरयाउने भएको छ ।

नगर प्रमुख साहले वुधवार सो वोरिंगको निरिक्षण गर्दै त्यसमा लाग्ने खर्च नगरपालिकाबाट व्यवस्था गरि चार देखि पाच दिनमा सुचारु गराउने भएको छ । सिचाईकै लागि गाडीएको सो वोरिंग १२ फिट मोटाईको रहेपनि विद्युत सप्लाईको कमीको कारणले दुइ फिट मोटाई अनुसारको मात्र पानी आउदा किसानलाई समस्या हुदै आएको थियो ।

मेयर साहले नगरपालिकाबाट ५ लाखको लगानी गरि विद्युत कार्यालयसंग सम्वन्य गरेर आउने मंगलवार सम्ममा दुइटै वोरिंगलाई सुचारु गराई सिचाईको व्यवस्था गराउने वार्ड अध्यक्ष उमेश यादवले जानकारि दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]