१८ फाल्गुण २०८२, मंगलबार
03-03-2026 , Tue
×

राष्ट्रिय मान्यताप्राप्त दलहरूको बैठक बस्दै

Logo
न्यूज मधेश प्रकाशित सोमबार, भाद्र ०४, २०८०

काठमाडौं,४ भाद्र । राष्ट्रिय मान्यता प्राप्त दलहरूको बैठक आज पनि बस्दैछ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा अपराह्न ४ बजेपछि बैठक बस्ने तय भएको छ।

संसद अवरोध खुलाउने विषयमा छलफल गर्नका लागि आइतबार दिउँसो प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय मान्यता प्राप्त दलहरूसँग छलफल गरेका थिए।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता केपी शर्मा ओली भने बिरामी परेका कारण हिजोको बैठकमा सहभागी भएनन्।

बैठकमा कुनै निष्कर्ष ननिस्किएपछि आज फेरि बस्ने गरी सकिएको थियो।संसद अवरोध खुलाउने विषयमा बृहत् छलफल भएपनि बैठक निष्कर्षविहीन भएको थियो।

बैठक निष्कर्षविहीन भएपछि आइतबार दिउँसो १ बजेका लागि तय भएको प्रतिनिधि सभा बैठक मंगलबारसम्मका लागि स्थगित गरिएको थियो।

विमानस्थलबाहिर बरामद भएको ६० किलो बढी सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति माग गर्दै प्रमुख प्रतिपक्षी एमालेले साउन १० यता निरन्तर संसद अवरोध गरिरहेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]