१७ चैत्र २०८२, बुधबार
01-04-2026 , Wed
×

गहुँ र चामलपछि प्याज निर्यातमा भारतको कडाइ

Logo
पत्रपत्रिका प्रकाशित सोमबार, भाद्र ०४, २०८०

नयाँदिल्ली ,४ भाद्र । भारतले गहुँ र चामल जस्ता मुख्य खाद्यान्नपछि प्याजको निर्यातमा पनि कडाइको नीति लिएको छ । आन्तरिक बजारमा प्याजको मूल्य बढ्न सक्ने आशंकाबीच भारत सरकारले प्याजमा ४० प्रतिशत निर्यात शुल्क लगाएको छ । निर्यात करले देशबाहिर प्याज पठाउने कार्य निरुत्साहित हुने, आन्तरिक बजारमा प्याजको अभाव नहुने र मूल्य स्थिर रहने बुझाइ छ । प्याजमाथि पहिलो पटक निर्यात शुल्क लगाइएको हो ।

गोलभेंडाको मूल्यवृद्धिले सर्वसाधारणको भान्सा नै प्रभावित भएका बेला प्याजको मूल्य बढे त्यसले सरकारलाई थप अप्ठ्यारो पार्न सक्ने भएकाले सरकारले बेलैमा सतर्कता अपनाएको देखिन्छ । पछिल्ला दिनमा प्याजको मूल्यमा प्रतिकिलो १९ रुपैयाँसम्म वृद्धि भएको छ । चालु आर्थिक वर्षको अप्रिलदेखि अगस्टसम्म चार महिनामा भारतले १० लाख टन प्याज निर्यात गरेको मिडिया रिपोर्टको तथ्यांक छ ।

३१ डिसेम्बर २०२३ सम्म प्याज निर्यातमा कर लाग्ने निर्णय कार्यान्वयनमा रहने वित्त (अर्थ) मन्त्रालयले जनाएको छ । चाडपर्वको समयलाई दृष्टिगत गरी घरेलु बजारमा प्याजको उपलब्धता बढाइराख्न सरकारले प्याजको निर्यातमा ४० प्रतिशत शुल्क लगाउने निर्णय गरेको न्यूज एजेन्सी पीटीआईसँगको कुराकानीमा उपभोक्ता मामिलाका सचिव रोहितकुमार सिंहले बताएका छन् । पछिल्ला दिनमा प्याज निर्यातमा बढोत्तरी हुन थालेकाले त्यसमाथि अंकुश लगाउन यो कदम चालिएको उनले भनेका छन् ।

सरकारले तीन लाख टन प्याजको बफर स्टक बनाएको छ । नयाँ प्याज बजारमा नआउने बेलासम्म अभाव टार्न बफर स्टकबाट सरकारले बजारमा प्याज पठाएको छ । प्याजको मूल्यवृद्धिले विगतमा सरकारलाई चुनौती आएका छन् । प्याजको मूल्यवृद्धि भारतमा बलियो राजनीतिक मुद्दा पनि बन्दै आएको छ । यसै वर्ष मध्यप्रदेश, छत्तिसगढ र तेलंगानामा विधानसभाको चुनाव हुँदै छ । त्यसलाई दृष्टिगत गरेर पनि सरकारले प्याजको निर्यातमा रोक लगाएको देखिन्छ ।

नेपालमा पनि भारतबाटै ठूलो परिणाममा प्याजको आयात हुने गर्छ । भारतको पछिल्लो निर्णयले नेपालमा प्याजको मूल्यमा वृद्धि हुने सक्ने अनुमान छ । यसअघि नेपाल सरकारले प्याजको आयातमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लगाएको थियो । त्यसले मूल्य बढाएका बेला भारत सरकारको पछिल्लो निर्णयले प्याजको बजारलाई थप प्रभावित बनाउन सक्छ । गत महिना २० जुलाईमा भारतले गैरबासमती चामलको निर्यातमा रोक लगाएको थियो । त्यसअघि गत वर्षदेखि गहुँ निर्यातमा भारतले रोक लगाएकै छ ।राजेश मिश्रले आजको कान्तिपुरमा लेखिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]