०८ कार्तिक २०८२, शनिबार
25-10-2025 , Sat
×

जसपाका पुर्व जिल्ला सहसचिव कल्याण राउत जनमत प्रवेश

Logo
न्यूज मधेश प्रकाशित सोमबार, भाद्र ०४, २०८०

जनकपुरधाम,४ भाद्र ।जनता समाजवादी पार्टी नेपालका रौतहट जिल्ला पुर्व सहसचिव कल्याण राउत जनमत पार्टी प्रवेश गरेको छ।

जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउतले सोमबार बुद्धनगरस्थित जनमत पार्टीको कार्यलयमा उनलाई खादा र टिका लगाएर स्वागत गरेका छ्न।

अध्यक्ष डा.राउतले उनलाई पार्टीको सदस्यता प्रदान जनमत पार्टीका नेता संजय यादवले बताए।

पार्टी प्रवेश गरेका राउत स्थानीय तहको निर्वाचनमा चन्द्रनिगाहपुर नगरपालिकाकामा जसपाबाट चुनाव लडेका थिए।नेता राउतले केही मतले मात्रै पराजित भएका थिए।उनी रौतहट जिल्लाकै प्रभावसाली नेताको रुपम चर्चित रहेको छ।

केहिदिन अगाडि जसपा छाडेर जनमत प्रवेश गरेका संजय यादवले नेता राउतलाई जनमत पार्टीमा प्रवेश गराउन विशेष भुमिका खेलेका हुन।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]