२३ आषाढ २०८२, मंगलबार
08-07-2025 , Tue
×

जनमतका नेता डा.श्यामबाबु महतोको सहयोगमा मनिकलालले पाए कृतिम खुट्टा

Logo
न्यूज मधेश प्रकाशित मंगलबार, भाद्र ०५, २०८०

जनकपुरधाम ।जनमत पार्टीका केन्द्रिय सदस्य तथा गैर आवासीय मधेशी संघका अन्तरास्ट्रिय समितीका महासचिव डा.श्यामबाबु महतोको सहयोगमा हठिपुरका मनिकलालले कृतिम कुट्टा पाएपछी उनको जिवनमा खुसियाली छाएको छ।

रेल दुर्घटनामा दुवै खुट्टा गुमाएका धनुषा शहिदनगर नगरपालिका वडा नम्बर ६ हठीपुर बस्ने मनिक लाल महराले रेल दुर्घटनामा दुवै खुट्टा गुमाएको खवरपछि महासचिव डा. श्यामबाबु महतोले नीजि खर्चमा दुवै खुट्टा बनाईदिएको हो ।

वैदेशिक रोजगारको शिलशिलामा भारतमा रेलको लिकमा चिप्लेर दुबै खुट्टा गुमाएको विपन्न परिवारका महरालाई धेरै अप्ठयारो भएपछि उनलाई जनमत पार्टीका केन्द्रिय सदस्यसमेत रहेका नेता डा. महतोले सहयोग गरेका छन् ।

महरालाई गैर आवासीय मधेसी संघका महासचिव डा. महतोले आफनो पहलमा आफ्नै निजि सहयोगवाट धनुषाको लालगढ अस्पतालमा दुबै खुट्टा लगाई सम्पुर्ण अस्पताल खर्च सहयोग गरेका छन् ।

उपचारको क्रममा लागेको सम्पूर्ण खर्च रु ९३ हजार ७ सय ७८ रुपैयाँ डा. महतोले नीजि रुपमा तिरेका छन् । डा. श्यामबाबुले आफैँ उनको जिम्मा लिएर उनको उपचार तथा कृतिम खुट्टा सम्म लागेको सम्पूर्ण खर्च तिरिदिएका हुन् ।

सोमवार अस्पतालबाट महरालाई डिस्चार्ज गराएर गाँउ हठिपुर स्थित प्रसिद्व र आकर्षणको केन्द्र बनेको स्थानिय मगलेश्वर महादेवको मन्दिरमा पुजापाठ गराई महरालाई घर पुरयाउँदा महराको मुहारमा हाँसो थियो । उनी घाइते भएपछि उनको परिवार बिचल्लीमा परेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]