१६ फाल्गुण २०८२, आइतबार
01-03-2026 , Sun
×

मुख्यमन्त्री थापाले पाएको विश्वासको मतविरुद्ध अदालत जाने तयारीमा एमाले

Logo
न्यूज मधेश प्रकाशित मंगलबार, भाद्र ०५, २०८०

बिराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले सोमबार पाएको विवादस्पद विश्वासको मतविरुद्ध एमालेले सर्वोच्चमा रिट हाल्ने तयारी गरेको छ।

प्रदेशसभाको अध्यक्षता गरेका इस्राइल मन्सुरीले समेत मत दिएर प्रदेशसभामा थापाले सरकार टिकाउन चाहिने न्युनतम ४७ मत पाएको घोषणा गरिएको थियो।

उक्त विवादस्पद विश्वासको मत खारेजीको माग गर्दै आफूहरु रिट लिएर सर्वोच्च अदालत जाने तयारीमा जुटेको प्रदेशसभाका एमाले सांसद रेवतीरमण भण्डारीले जानकारी दिए।

उनले भने, ‘पाएको भनिएको विश्वासको मत गैरकानुनी छ। त्यसका विरुद्ध हामी फेरि सर्वोच्च जान्छौँ। भोलिसम्म रिट दर्ता गर्ने तयारीमा जुटेका छौँ।’

यसअघि सभामुख बाबुराम गौतमको समेत हस्ताक्षर बुझाएर थापाले लिएको मुख्यमन्त्रीको नियुक्ति सर्वोच्चले नै बदर गरेको थियो। यसपटक गौतमले सभामुखबाट राजीनामा दिएर मन्त्री बनेका छन्। उपसभामुख सिर्जना दनुवार बिरामी भएको भन्दै गंगालाल अस्पताल भर्ना भएपछि अन्सारीले प्रदेशसभाको बैठकको अध्यक्षता गरेका थिए।

सभामा उनले उद्धव थापाले ४७ मत पाएको र विपक्षमा ३० मत परेको निर्णय प्रदेशसभामा सुनाएका थिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]