१७ चैत्र २०८२, बुधबार
01-04-2026 , Wed
×

मधेस विश्वविद्यालयमै कानुनको कक्षा संचालन हुने

Logo
राम मण्डल प्रकाशित मंगलबार, भाद्र ०५, २०८०

वीरगञ्ज । कानुन पढ्न काठमाडौं जानुपर्ने बाध्यता हट्ने भएको छ। बी एल, एलएलबी पढ्न चाहने विद्यार्थीका लागि अब मधेस विश्वविद्यालयमै पढाइ हुने भएपछि काठमाडौं जानुपर्ने बाध्यता अन्त्य भएको हो।

वीरगञ्जमा स्थापित मधेस विश्वविद्यालयले यसै वर्षदेखि कानुन र जनप्रशासनको कक्षा सुरु गर्न लागेको छ। विशेष गरी कानुन संकायमा बिए, एलएलबी पढ्न चाहने विद्यार्थीले अब वीरगञ्जमै उक्त विषय पढ्न सक्ने भएका छन्।

रौतहटका हरिकृष्ण साह कक्षा ११ र १२ मा कानुन विषय लिएर पढेका छन्। उनले कानुनमै थप पढाइ गर्न काठमाडौंको कलेजमा जानुपर्ने भए पनि मधेस विश्वविद्यालयमै भर्ना भएर बीए, एलएलबी गर्न चाहेको बताए।

‘कक्षा ११ र १२ मा कानुन पढ्न काठमाडौं जान्छु भनेर सोचेको थिएँ तर मधेस विश्वविद्यालयमै भर्ना खुल्यो अब यहीँ भर्ना हुन्छु,’ उनले भने।

पर्साको बहुदरमाई नगरपालिका–३ का हरिन्द्रप्रसाद साहले पनि मधेस विश्वविद्यालयमै बीए एलएलबी अध्ययन गर्नका लागि फर्म भरेको बताए।
उनले भविष्यमा कानुन व्यवसायी बन्ने इच्छा भएको तथा आफ्नै जिल्लामा पढ्न पाइने भएकाले मधेस विश्वविद्यालयमा भर्ना हुन लागेको जानकारी दिए।
यस्तै, सखुवा प्रसौनी गाउँपालिकाका जयनारायण सोनारले पनि कक्षा ११ र १२ कानुन विषय लिएर पास गरेपछि अगाडिको पढाइ वीरगञ्जमै गर्न पाएकोमा खुसी व्यक्त गरे।

काठमाडौंको क्याम्पसमा पढ्दा लाग्ने खर्च बचत हुने उनले बताए। ०७९ साल भदौ २२ गते नै वीरगञ्जमा स्थापना भएको मधेस विश्वविद्यालयले एक वर्षपछि अध्ययन/अध्यापन शुरु गराउने भएको छ। विश्वविद्यालयले अहिले कानुन र जनप्रशासनको कक्षा शुरु गर्न लागेको रजिष्ट्रार विजयकुमार यादवले जानकारी दिए।

वीरगञ्जस्थित साविक नेसनल ट्रेडिङको भवनमा मधेश विश्वविद्यालय स्थापना भएको हो। स्थापनाको एक वर्षपछि विश्वविद्यालयले कानुन संकायमा १ सय १० र जनप्रशासनमा ५५ जना विद्यार्थी भर्ना गरेर कक्षा सञ्चालन गर्ने जनाएको छ।

पर्याप्त भौतिक संरचनाको अभाव रहेको तथा शिक्षाको गुणस्तरीयतालाई ध्यानमा राख्दै हालका लागि कम मात्रामा विद्यार्थी भर्ना लिइरहेको यादवको भनाइ छ।

उनले अहिले नेसनल ट्रेडिङकै भवनमा कानुन र जनप्रशासनको कक्षा सञ्चालन गर्ने जानकारी दिए। मधेस विश्वविद्यालयले विभिन्न संकायको अध्ययन/अध्यापनका लागि भवन निर्माण गर्ने उद्देश्यले पर्साको बहुदरमाई नगरपालिका, पकहा मैनपुर गाउँपालिकालगायत स्थानमा जग्गा प्राप्त गरिसकेको छ। यस्तै, विद्यार्थी ओसार पसारका लागि प्रदेश सरकारबाट दुई वटा बससमेत विश्व विद्यालयले प्राप्त गरिसकेको जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]