२१ माघ २०८२, बुधबार
04-02-2026 , Wed
×

हँसपुर नगरपालिकाको कार्यलय सार्ने विवादमा घाइते भएका ५७ वर्षीय मण्डलको मृत्यु

Logo
प्रकाशित बुधबार, भाद्र १८, २०७६

जनकपुरधाम।गत साउन २१ गते धनुषाको हँसपुर नगरपालिका प्रमुख र उपप्रमुख बीचको दुई पक्षिय झडपमा गम्भिर घाईते भएका स्थानीय ५७ वर्षीय तपेश्वर मण्डलको आज मृत्यु भएको छ।

धनुषाको हँसपुर नगरपालिकाका प्रमुख रामज्ञान मण्डल र उपप्रमुख रेणु झा पक्षधरबीच कार्यालय सार्ने क्रममा विवाद भएपछि झडप भएको थियो सो क्रममा हँसपुर नगरपालिकाकै स्थानीय अन्दाजी बर्ष ५७ का तपेश्वर मण्डल गम्भिर घाईते भएका थिए ।

प्रमुख र उपप्रमुखको विवादपछि ठुलो सँख्यामा प्रहरी परिचालन गरिएको थियो । प्रहरी र स्थानीयबीच समेत झडप भएको थियो ।

प्रमुख र उपप्रमुख पक्षधर र प्रहरीबीच भएको झडपको क्रममा मण्डल गम्भीर घाईते भएका थिए । घाईते पछि जनकपुर अञ्चल अस्पतालमा उपचाररत रहेका मण्डलको झण्डै एक महिनापछि उनको मृत्यू भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक शेखर खनालले जानकारी दिए ।

प्रहरीका अनुसार प्रमुख र उपप्रमुखको पक्षधरबीच भएको सो झडपमा उनी घाईते भएका थिए ।
मण्डलको मृत्यू भए लगत्तै उनका आफन्तहरुले जनकपुर अञ्चल अस्पतालमा केही बेर आन्दोलन गरेको थियो । घाईते मण्डलको मृत्यू प्रमुख मण्डलकै कारण र उनले नै कुटेको कारण भएको भन्दै कारवाहीको माग गर्दै नारावाजी गरेको थियो । उनीहरुले प्रमुख मण्डललाई कानुनी कारवाहीको माग गर्दै अञ्चल अस्पतालमै नारावाजी गरेपछि जिल्ला प्रहरी कार्यालय धनुषाबाट गएको टोलीले तत्कालै स्थिति नियन्त्रणमा लिएको जनाइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]