१७ पुष २०८२, शुक्रबार
02-01-2026 , Fri
×

युवा नेता जयसवालको विशेष पहलमा नि:शुल्क आँखा शिविर सम्पन्न

Logo
प्रकाशित बुधबार, भाद्र १८, २०७६

अभिमन्यु पटेल ,रौतहट ।रौतहटको बौद्धीमाई नगरपालिकाको वडा नं ६ पिपरिया टोलमा नेपाली काँग्रेस पार्टीका युवा नेता तथा समाजसेवी राजन जयसवालको विशेष पहलमा नि:शुल्क आँखा शिविर भएको छ ।

नि:शुल्क आँखा शिविर उद्घाटन गर्दै पूर्वमन्त्री तथा रौतहटको क्षेत्र नं २ का सांसद मो. अफताब आलमले मानिसको शरीरमा सबभन्दा सम्बेदन शिल र अमुल्य अंग आँखा नै हो जसबाट अन्धयारोमा पनि प्रकाश दिने गर्छ जसले गर्दा हामी आफ्नो जतिसुकै कठिनाइ कार्यलाई सजिलोसँग गर्न सकिरहेको बताए ।
जनताको हकहितका लागि यो शिविर एकदमै वर्तमान समय सापेक्ष अति आवश्यक हुनाले समाजमा बस्ने पहुच नभएको बृद्धबृद्धा र असहाय गरिबको हितमा उत्तम रहेको छ । विकासको रूपमा यसलाई पनि हामीले लिनु नै पर्छ भने बताए ।
नेपाल नेत्र ज्योति संघ रौतहटको आयोजनामा संचालित शिविरमा ४ सय ५० जनाको आँखा चेकजाँच गरिएको थियो । सो मध्ये मोतिया बिन्द रोग २ सयमा देखिएको सबै बिरामीहरूको सम्पूर्ण सेवा सुविधा नि:शुल्क दिने युवा नेता तथा समाजसेवी जयसवालले जानकारी गराएका छन्।
तत्कालीन स्थानीय तहका निर्वाचनमा युवा नेता समाजसेवी राजन जयसवालले जनताको बिचमा मेयर पदका लागि पनि निर्वाचनमा प्रत्यासी समेत बनेको थियो । अहिले कुनै पदमा नभएपनि जयसवालले आफ्नो नगरभित्रका जनताहरूको कुनै पनि समस्यालाई आफ्नो समस्या सम्झेर दिनरात खटि समाजिक कार्यमा राम्रो भुमिका निर्वाह गर्दै आएका छन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]