०९ चैत्र २०८२, मंगलबार
24-03-2026 , Tue
×

असोज ३ गते संविधान जलाउने थरुहट थारुवानको घोषणा

Logo
प्रकाशित बिहिबार, भाद्र १९, २०७६

धनगढी । असोज ३ गते संविधान जलाउने थरुहट थारुवान राष्ट्रिय मोर्चाले घोषणा गरेका हुन । टीकापुर राष्ट्रिय सम्मेलनबाट गठित मोर्चाका संयोजक लक्ष्मण थारुले घोषणा गरेका छन।

मोर्चाले जिल्ला सम्मेलनमा संविधानको धारा १८, २२, ३२, अनुसुची ४ जलाउने तयारी गरेको थारुले बताए । उनले टीकापुर सस्ममेलन शान्तिपूर्ण तरिकाले सम्पन्न भएको बताउँदै भने “हामी गैरलोकतान्त्रिक विधि अपनाउन चहान्दैनौं, शान्तिपूर्ण आन्दोलन गर्न चहान्छौं ।”

केन्द्रीय संयोजक थारुले भने, “सत्ता पक्ष थारुहरु यो सम्मेलन विथोल्न धेरै प्रयास गरे, धेरै भ्रम छरे जसले गर्दा टीकापुरका धेरै बासिन्दा सम्मेलनको दिन टीकापुर छोडेर बाहिर हिडे थिए ।” उनले थारुहरुको अधिकार प्राप्ति नहुन्जेलसम्म कुनै पार्टीमा प्रबेश नगर्ने बाचा गर्दै थरुहट पहिचानकोलागि १० वर्षसम्म आन्दोलन गर्न तयार रहेको बताए ।

पूर्वसभासद् तथा मोर्चाका केन्द्रीय सल्हकार कृष्णकुमार चौधरी राज्यको दमनसँगै थारुहरुको मुद्धा विरोधीहरुको कारण टीकापुर घटना पश्चात थारुहरु हत्तोत्साहित भएकै हुन् । थारुहरुको मुद्धालाई राष्ट्रिय अन्तरािष्ट्रय स्तरमा स्थापित गर्नकोलागि पुन थारु, यूवा नेता, बुद्धिजीविहरु जुरमुराएका छन् ।

थारुहरु आफ्नो राजनीतिलाई धरापमा राखेर आन्दोलन आउनुपर्छ भन्न खोजेको होईन, तर जो जुन पार्टीमा छ थारुको अवाज त्यहि ठाउँमा बुलन्द गर्न आवश्यक छ । नेपालको ईतिहासमा हरेक मुद्धा तथा पछाडी पारिएकाहरुहरुलाई राज्य सत्ताको मूलधारमा आउन आन्दोलन बाहेकको विकल्प नरहेको बताए ।

त्यस्तै थरुहट नेता मोहन थारुले पार्टी भन्दापनि मुद्धालाई मध्यनजर गरेर सम्पूर्ण थारु एकताबद्ध हुनु जरुरी रहेको बताए । केही थारुहरु राजनीतिकरुपले आफू स्थापित भईसकेका छन् । उहाँहरुको कदर गर्दै अब थारुहरुको पहिचानको लागि आफ्नो पार्टी भित्रपनि थारुहरुको मुद्धाप्रति बहस चलाउन आग्रह गरे ।

राजबन्दी तथा थरुहट नेता राम प्रसाद थारुले थरुहट भूमिमा बसोबास गर्ने थारुहरु पहिचान सहितको आन्दोलनलाई निरन्तरता दिनको लागि मोर्चा गठन भएको छ । २०७२ सालमा थारुहरुको आन्दोलन उत्कृष्टमा पुगिसकेको थियो तर राज्यको घुसपैठमा टीकापुर घटना पश्चात आन्दोलन मत्थर भयो । अब पुन आन्दोलनलाई ब्यूझाउन मोर्चाको जन्म भईसकेको थारुको भनाई छ ।साभार: नेपालपाना

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]