१६ फाल्गुण २०८२, आइतबार
01-03-2026 , Sun
×

हात्तीले घर, पसल भत्कायो, एक लाख बढी क्षति

Logo
न्यूज मधेश प्रकाशित शनिबार, भाद्र ०९, २०८०

फाईल फोटो

काठमाडौं । झापामा जङ्गली हात्तीले दैनिकजसो गाउँ सहर छिरेर स्थानीयवासीलाई दुःख दिइरहेको छ । आहाराको खोजीमा गाउँ पस्ने हात्तीले लाखौँको क्षति गर्दै आएको छ ।

शुक्रबार बिहान मात्र दमकमा किराना पसल र स्थानीयको घर भत्काएर करिब रु एक लाखभन्दा बढीको सामान खाइदिएको प्रहरीले जनाएको छ । जिल्लाका विभिन्न सामुदायिक वन क्षेत्रमा दिनभर बस्ने हात्तीले साँझ बिहान घरमा भण्डारण गरेको अन्नबाली खाइदिने, लहलह भएको धान कुल्चेर नष्ट गर्नेदेखि किराना पसल नै फोरेर सामान खाने गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्र रिजालका अनुसार बिहान मात्र जङ्गली हात्तीले दमक नगरपालिका–३ दीपज्योति चोकका वीरबहादुर खत्रीको किराना पसल भत्काएर रु ६० हजारको सामान खानुको साथै नष्ट गरेको छ ।

प्रेमबहादुर निरौलाको किराना पसलको पक्की पर्खाल भत्काएर फ्रिजमा क्षति पु¥याएको छ । फ्रिज भत्काउँदा रु २५ हजार बराबरको क्षति पुगेको उनले बताए । सोही स्थानका बलबहादुर श्रेष्ठको जस्ताको छानो, टाटीको बेरा भएको घर भत्काएर भण्डार गरेको रु सात हजार बराबरको चामल, मकै खाइदिएको उनको भनाइ छ ।

मेचीनगर, कचनकवल, हल्दिबारीका विभिन्न स्थानमा दैनिक जसो हात्तीले स्थानीयवासीको घर भत्काउने, भण्डारणको अन्न खाइदिने गर्दै आएको छ ।

जिल्लामा करिब १२ रैथाने हात्ती रहेको डिभिजन वन कार्यालय झापाले जनाएको छ । पछिल्लो समय गाउँसँगै हात्ती सहर केन्द्रित हुन थालेको छ ।

केही समयअघि कनकाई नगरपालिकाको सुरुङ्गा बजार, चारआली बजारलगायका क्षेत्रमा प्रवेश गरेर हात्तीले पसल भत्काउने, व्यापारीले राखेको फलफूल खाइदिने गरेको थियो । रैथाने हात्ती हुल बाँधेरभन्दा पनि एक्लै हिँड्ने गरेको प्रहरीको भनाइ छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]