०५ जेठ २०८१, शनिबार
18-05-2024 , Sat
×

सामान्य सचिव सिंहद्वारा पदवहाली, पुष्करको बिदाइ

Logo
न्यूज मधेश प्रकाशित सोमबार, भाद्र ११, २०८०

काठमाडौं। नवनियुक्त संघीय मामिला तथा सामान्य प्रशासन सचिव विनोद प्रकाश सिंहले पदवहाली गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट गत मङ्गलवार सामान्यमा सरुवा भएका सचिव सिंहले आइतबार(आज) पद बहाली गरेका हुन् ।

यसैबिच तत्कालीन सचिव डा.कृष्णहरि पुष्करको मन्त्रालयले बिदाइ गरेको छ । सचिव सिंहसहित मन्त्रालयका कर्मचारीहरूले डा. पुष्करलाई माला, खादा र मायाको चिनोसहित बिदाइ गरेका हुन् । उनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा भएका छन् ।

मन्त्रालयद्वारा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै नवनियुक्त सचिव सिंहले सफलता र असफलता टिममा भर पर्ने बताउँदै कार्यालय सहयोगीदेखि सचिव-मन्त्रीसम्मको प्रयासले मात्रै मन्त्रालय सफल हुने बताए । ‘सबैले आ-आफ्नो जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्ने हो भने सफलता हासिल हुन्छ’ सचिव सिंहले भने, ‘मेरो सफलता र असफलतामा तपाईँहरूको अहम् भूमिका छ, विश्वास छ, तपाईँहरूको पूर्ण सहयोग रहनेछ’

उनले आफू पुरानो घरमा आए जस्तै लागिरहेको बताउँदै नयाँ परिवेशमा नयाँ टिमसँग रहेर केही सुधार गरेरै अघि बढ्ने विश्वाससमेत दिलाए । सचिव सिंहसँग स्थानीय विकास मन्त्रालय हुँदा १२ वर्ष स्थानीय र एक वर्ष मन्त्रालयमा काम गरेको अनुभव छ ।

सचिव सिंहले बिदाइ भई जान लागेका सचिव डा. कृष्णहरि पुष्करको खुलेर प्रशंसा गरेका छन् । उनले पुष्कर जति पनि ठाउँमा बसे, त्यहाँ कुनै न कुनै नौलो काम गरेर गएको बताए । ‘उहाँले विषम परिस्थितिमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा काम गर्नु भयो’, सचिव सिंहले भने, ‘तर बसाइँका क्रममा जुन उपलब्धि हासिल गर्नुभएको छ, त्यसका लागि सिङ्गो मन्त्रालयका कर्मचारी धन्यवादका पात्र हुनुहुन्छ ।’

सचिव पुष्करले अघि सारेका राम्रो कामहरूलाई आफूले निरन्तरता दिने र त्यसमा सबै कर्मचारीबाट सहयोगको अपेक्षा गरेको सचिव सिंहले बताए ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अनुभव आफ्नो जीवनका लागि अविस्मरणीय क्षण भएको सरुवा भई जान लागेका सचिव डा.पुष्करले बताए । ‘मन्त्रालयमा काम गर्दा धेरै चुनौती र समस्याहरू आए’, उनले भने, ‘तर टिमका सहकर्मीहरूको साथले जस्तोसुकै समस्या समाधान गर्न कठिन भएन ।’ उनले त्यसका लागि सबै कर्मचारीहरूलाई विशेष धन्यवाद दिए ।

मन्त्रालयमा रहँदा उच्च राजनीतिक नेतृत्वले दिएको महत्त्वपूर्ण जिम्मेवारी सङ्घीय निजामती सेवा ऐन मन्त्रिपरिषदमा पठाएर पुरा गरेको बताए । ‘यहाँहरू सबै साथी भाइको सहयोगले मेरै कार्यकालमा ऐन मन्त्रिपरिषदमा पुगेको छ’, उनले भने, ‘कतिपय महत्त्वपूर्ण कानुनहरूसमेत तार्किक निष्कर्षमा पुर्‍याइएका छन् ।’

आफ्नो ठाउँमा आउनु भएका सचिव सिंह आदर्शको पात्र भएको बताउँदै काम गर्ने सन्दर्भमा नबुझेका तथा थप स्पष्ट हुने कुरामा सरसल्लाह गरेर नै अघि बढ्दै आएकोले पनि आगामी दिनहरुमासमेत त्यो कायम रहने छ भने ।

स्वागत तथा बिदाइ मन्तव्य दिँदै मन्त्रालयका सहसचिव कमल भट्टराईले मन्त्रालयले दुवै सचिव डायनामिक पाएको बताए । उनले नव नियुक्त सचिवको कार्यकाल सफल बनाउन कर्मचारीहरूले कुनै कसुर बाँकी नराख्ने बताउँदै बिदाइ भई जान लागेका सचिव पुष्करबाट धेरै कुरा सिक्ने अवसर पाएको बताए ।

कार्यक्रम मन्त्रालयकी उपसचिव मिरा आचार्यले सञ्चालन गरेकी थिइन् ।

सचिव पुष्करले नै सचिव तथा मन्त्रीहरूको स्वागत र बिदाइ एउटै समारोहबाट गर्ने परम्परा थालनी गरेका थिए । यसअघि अर्थ मन्त्रालयमा सरुवा भई गएका सचिव अर्जुन पोखरेलको पनि यसैगरी बिदाइ गरिएको थियो भने मन्त्री अमनलाल मोदी तथा नवनियुक्त मन्त्री अनिता देवीको स्वागत पनि एउटै समारोहका बिच गरिएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सर्लाही । यातायात व्यवस्था कार्यालय मलङ्गवा सर्लाहीले सवारी चालक अनुमतिपत्रका लागि प्रयोगात्मक (ट्रायल) परीक्षण सेवा सुरू गरेको छ । आज एक कार्यक्रमका बीच मधेश प्रदेशका श्रम तथा यातायातमन्त्री बेची लुङ्गेलीले प्रयोगात्मक परीक्षण उत्तीर्ण गर्ने पहिलो स्कुटर चालक चक्रघट्टा—५, पडरिया निवासी स्नेहा कुमारी मण्डललाई निस्सा हस्तान्तरण गरेर सेवा शुभारम्भ गर्नु भएको हो । गत मंसिर १७ […]

जनकपुरधाम ।जनमत पार्टी नेतृत्वमा मधेशमा प्रदेशमा नयाँ सरकार बनाउन पाँच दलबीच सहमति भएको छ । सरकारमा पाँच दलको सहभागिता सुनिश्चित गर्नेबारे सहमति भए पनि सरकारको आलोपालो नेतृत् वगर्ने क्रम र अवधि तथा मन्त्रालय बाँडफाँडलगायतका विषयमा अझै टुंगो लागेको छैन । जनमत पार्टीको नेतृत्वमा बनाइने सरकारमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र […]

काठमा‌डौं। पछिल्लो राजनीतिक परिघटनाले राजनीतिक नेतृत्व बजेट निर्माणमा कति गैरजिम्मेवार छ भन्ने देखाएको जनमत पार्टीका अध्यक्ष डा सीके राउतले बताएका छन्। शुक्रबार बिजमाण्डूले आयोजना गरेको प्रि-बजेट कन्फ्रेन्समा बोल्दै राउतले बजेट निर्माण प्रक्रियामा भइरहेको सदन अवरोधले गैरजिम्मेवारीपन झल्काएको बताए। डा.राउतले बजेटको आकार ठूलो ल्याउँदा गर्व गर्ने परिपाटी तथा खर्च गर्न नसक्ने अवस्था प्रति आफू असन्तुष्ट रहेको […]