११ चैत्र २०८२, बिहिबार
26-03-2026 , Thu
×

जब किशोरीले चलाएको बाइक दुर्घटनामा पर्‍यो!

Logo
कृष्णउदास खनाल प्रकाशित सोमबार, भाद्र ११, २०८०

वीरगन्ज। पर्सामा एक किशोरीले हाँकेको मोटरसाइकलबाट लडेर एक वृद्धाको मृत्यु भएको छ । पर्साको विन्दवासिनी गाउँपालिका वडा नम्बर ५ प्रसौनीस्थित सडकमा १६ वर्षिया किशोरीले हाँकेको बीआर ०५ ए एस ०४६८ नम्बरको मोटरसाइकलबाट लडेर भारत बिहारको पश्चिमी चम्पारणको भेलाही निवासी ६० वर्षिया सुदामा देवीको मृत्यु भएको हो ।

मोटरसाइकल चालक १६ वर्षिया किशोरी पनि भारतीय नै रहेको ईलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरक्षिक मोहनबिक्रम केसीले बताए । केसीका अनुसार , आइतबार बेलुकी भारतको भेलाहीबाट छिमेकी सुदामा देवीलाई पर्साकोे प्रसौनी गाँउका आफन्तलाई भेट्न लिएर आउँदै गरेको अवस्थामा बालिकाले हाँकेकेो मोटरसाइकल दुर्घटनामा परेको हो ।

गुड्दै गरेको मोटरसाइकलबाट लडेर घाइते भएकी सुदामा देवीको घटटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक केसीले जानकारी दिए। मोटरसाइकल चालक बालिकालाई नियन्त्रणमा लिइएको र मृतक सुदामा देवीको शव पोष्टमार्टमका लागि सोमबार वीरगन्जस्थित नारायणी अस्पतालमा पठाइएको केसीले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]