०९ कार्तिक २०८२, आइतबार
26-10-2025 , Sun
×

साहद्वारा लिखित राजनीति दशा र दिशा पुस्तक विमोचन

Logo
न्यूज मधेश प्रकाशित मंगलबार, भाद्र १२, २०८०

काठमाडौं । चन्द्रभुषण साहद्वारा लिखित ‘नेपालको राजनीति दशा र दिशा’ नामक पुस्तकको सोमबार बिमोचन गरिएको छ ।

काठमाडौंको कमलादी स्थित प्रज्ञा प्रतिष्ठानमा आयोजित एक कार्यक्रमका बीचमा सो पुस्तकको आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले विमोचन गरेका छन् । सो पुस्तकको प्रकाशन कुशवाहा बिजनेस भेन्चरले गरेको हो ।

आजपाका प्रवक्ता समेत रहेका पुस्तकका लेखक साहले पुस्तकको बिक्रीबाट प्राप्त÷आर्जित हुने मुनाफाको ५० प्रतिशत रकम सार्वजनिक हितको कार्यमा खर्च गरिने बताए । पुस्तकले नेपालमा वैकल्पिक बहस र आलोचनात्मक चेतनालाई बढावा दिने, खुला एवं स्वस्थ संवादलाई प्रोत्साहन गर्ने तथा समाज र देशको गुणात्मक सुधारमा समेत महत्वपूर्ण भूमिका एवं योगदान पुर्याउँने उनले बताए ।

‘देशको समसमायिक राजनीति परिवेश एवं बदलिदो परिदृश्यलाई आत्मसात गर्दै देशमा बढ्दो अस्थिरता, अन्यौलता, विरोधाभासपूर्ण गलत संबैधानिक प्रावधानहरु, साँस्कृतिक विचलनता, आर्थिक एवं राजनीतिक संकट र कुशासनको दुस्चक्रमा फसेका आम नेपाली जनजीवनसंग प्रत्यक्ष एवं अप्रत्यक्ष रुपमा सरोकार राख्ने विषयवस्तु केन्द्रित रहेको छ’ साहले भने, ‘सोही समस्याको बस्तुगत पहिचान एवं विश्लेषण सहित ठोस एवं दीर्घकालिक समाधानको आधार तयार गर्ने दिशामा एउटा कोसेढुङ्गा सावित हुने गहिरो अपेक्षा एवं दृढ विश्वास सहित पुस्तक लेखेको छु ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]