१३ चैत्र २०८२, शनिबार
28-03-2026 , Sat
×

साहद्वारा लिखित राजनीति दशा र दिशा पुस्तक विमोचन

Logo
न्यूज मधेश प्रकाशित मंगलबार, भाद्र १२, २०८०

काठमाडौं । चन्द्रभुषण साहद्वारा लिखित ‘नेपालको राजनीति दशा र दिशा’ नामक पुस्तकको सोमबार बिमोचन गरिएको छ ।

काठमाडौंको कमलादी स्थित प्रज्ञा प्रतिष्ठानमा आयोजित एक कार्यक्रमका बीचमा सो पुस्तकको आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले विमोचन गरेका छन् । सो पुस्तकको प्रकाशन कुशवाहा बिजनेस भेन्चरले गरेको हो ।

आजपाका प्रवक्ता समेत रहेका पुस्तकका लेखक साहले पुस्तकको बिक्रीबाट प्राप्त÷आर्जित हुने मुनाफाको ५० प्रतिशत रकम सार्वजनिक हितको कार्यमा खर्च गरिने बताए । पुस्तकले नेपालमा वैकल्पिक बहस र आलोचनात्मक चेतनालाई बढावा दिने, खुला एवं स्वस्थ संवादलाई प्रोत्साहन गर्ने तथा समाज र देशको गुणात्मक सुधारमा समेत महत्वपूर्ण भूमिका एवं योगदान पुर्याउँने उनले बताए ।

‘देशको समसमायिक राजनीति परिवेश एवं बदलिदो परिदृश्यलाई आत्मसात गर्दै देशमा बढ्दो अस्थिरता, अन्यौलता, विरोधाभासपूर्ण गलत संबैधानिक प्रावधानहरु, साँस्कृतिक विचलनता, आर्थिक एवं राजनीतिक संकट र कुशासनको दुस्चक्रमा फसेका आम नेपाली जनजीवनसंग प्रत्यक्ष एवं अप्रत्यक्ष रुपमा सरोकार राख्ने विषयवस्तु केन्द्रित रहेको छ’ साहले भने, ‘सोही समस्याको बस्तुगत पहिचान एवं विश्लेषण सहित ठोस एवं दीर्घकालिक समाधानको आधार तयार गर्ने दिशामा एउटा कोसेढुङ्गा सावित हुने गहिरो अपेक्षा एवं दृढ विश्वास सहित पुस्तक लेखेको छु ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]