२८ फाल्गुण २०८२, शुक्रबार
13-03-2026 , Fri
×

सोहन मुरारकाको दादागिरीे : जर्वजस्ती व्यवसायीसंग बनाउछन फर्जी कपाली

Logo
न्यूज मधेश प्रकाशित मंगलबार, भाद्र १२, २०८०

जनकपुरधाम । नेपाल ट्रेड सेन्टर जनकपुरधामका सञ्चालक सोहनलाल मुरारकाले व्यवसायीको कारोबारमा जर्वजस्ती तमसुक बनाउने गरेको पाइएको छ । निर्माण व्यवसायीहरुले कारोबार गर्दा बैंक खाता रोक्का गराएर जर्वजस्ती फर्जी तमसुक बनाउने गरेको हो ।

सुगम निर्माण सेवाका सञ्चालक श्याम साहले मुरारका गुण्डा लगाएर हिसाब नै नगरी तमसुकमा हस्ताक्षर गर्न लगएको आरोप लगाएका छन् । उनले २०७२ सालदेखि मुरारकासंग कारोबार गर्दै आएका थिए । कोरोना महामारीको समय पैसा दिन ढिलो भएपछि बैंक खाता रोक्का गर्न लगाएर आफैले कपाली तमसुकमा हस्ताक्षर गराएको उनले बताए ।

‘उनले आफ्नै घरमा बोलाएर हिसाब नै नगरी तीन करोडको तमसुकमा हस्ताक्षर गराएको छ,’उनले भने, ‘त्यो तमसुकमा लेख्नदास नै छैन्, न साक्षी छ । उ आफैले लेखेर जर्वजस्ती हस्ताक्षर गरायो ।’ सुगमका सञ्चालक श्यामले इमान्दिारी पुर्वक हिसाब जोड्यो भने मुरारकामाथि नै आफनो पैसा चढ्ने बताए ।

यस्तै, अर्का निर्माण व्यवसायीसंग पनि व्यवसायी मुरारकाले जर्वजस्ती ६ करोडको तमसुक बनाएका छन् । व्यवसायीहरु निर्माण सम्बन्धि समाग्री खरिद गर्ने गरेका थिए । एक निर्माण व्यवसायीले एक करोड ४२ लाखको समान लिएर उनले ७० लाख बुझाएको बताउंछन । तर, मुरारकाले आफ्नो निर्माण कम्पनीको बैंक खाता रोक्का गराएर ब्लायकमेल गरेको ती व्यवसायीले बताए ।

‘करोबार गर्दा पैसा दिन ढिलो चाडो हुन्छ । अलकति ढिलो भयो भने बैंक खाता रोक्का गराएर अनाधिकृत रुपमा ६ गुना बढाएर तमसुक बनाउन लगाउछ,’ती व्यवसायीले भने,‘व्यवसायीक कारोबारमा पनि उनले गुण्डा शैलीमा ६ गुना बढाएर तमसुक बनाएको छ ।’ व्यवसायी श्याम साह जस्तै पीडित छन्, पंकज साह पनि । उनीसंग पनि मुरारकाले एक करोडको जर्वजस्ती तमसुक बनाएका छन् । यी सबै जना जिल्ला प्रशासन कार्यालय धनुषामा मुरारकाविरुद्ध अनुचित लेनदेन तथा मिटर व्याज सम्बन्धि निवेदनसमेत दिएका छन् ।

मुरारकासंग अधिकांश निर्माण व्यवसायी पीडित छन् । उनले केही दिन अघि जनकपुरधामका सानु मण्डलको घर जग्गा नै लिलाम गराएका थिए । सानु मण्डल जस्तै कयौं परिवारलाई उनले घरबार नै विहीन बनाएको आरोप छ ।

व्यवसायिक कारोबारमा यसरी व्यवसायीको सम्पत्ती कब्जा गर्न थाल्नु उनको नियति भइसकेको छ । धनुषा प्रहरीले पनि मुरारका विरुद्ध खाशै चासो लिएका छैनन् । मुरारकासंग यस विषयमा प्रतिक्रिया लिन खोज्दा तमसुक बनाएपनि फर्जी रहेको स्वीकार गरे ।

‘हामीहरु बीच पैसाको लेनदेन छैन् । व्यवसायिक कारोबार छ,’उनले भने,‘तर, समान लिएपछि पैसा दिन ढिलो भएपछि आफैले कागजात बनाउछौं । तर, त्यो तमसुक वडामा दार्ता गराइएको छैन् । न कुनैमाथि कारवाही गरेको छु ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]