२२ पुष २०८२, बुधबार
07-01-2026 , Wed
×

सोहन मुरारकाको दादागिरीे : जर्वजस्ती व्यवसायीसंग बनाउछन फर्जी कपाली

Logo
न्यूज मधेश प्रकाशित मंगलबार, भाद्र १२, २०८०

जनकपुरधाम । नेपाल ट्रेड सेन्टर जनकपुरधामका सञ्चालक सोहनलाल मुरारकाले व्यवसायीको कारोबारमा जर्वजस्ती तमसुक बनाउने गरेको पाइएको छ । निर्माण व्यवसायीहरुले कारोबार गर्दा बैंक खाता रोक्का गराएर जर्वजस्ती फर्जी तमसुक बनाउने गरेको हो ।

सुगम निर्माण सेवाका सञ्चालक श्याम साहले मुरारका गुण्डा लगाएर हिसाब नै नगरी तमसुकमा हस्ताक्षर गर्न लगएको आरोप लगाएका छन् । उनले २०७२ सालदेखि मुरारकासंग कारोबार गर्दै आएका थिए । कोरोना महामारीको समय पैसा दिन ढिलो भएपछि बैंक खाता रोक्का गर्न लगाएर आफैले कपाली तमसुकमा हस्ताक्षर गराएको उनले बताए ।

‘उनले आफ्नै घरमा बोलाएर हिसाब नै नगरी तीन करोडको तमसुकमा हस्ताक्षर गराएको छ,’उनले भने, ‘त्यो तमसुकमा लेख्नदास नै छैन्, न साक्षी छ । उ आफैले लेखेर जर्वजस्ती हस्ताक्षर गरायो ।’ सुगमका सञ्चालक श्यामले इमान्दिारी पुर्वक हिसाब जोड्यो भने मुरारकामाथि नै आफनो पैसा चढ्ने बताए ।

यस्तै, अर्का निर्माण व्यवसायीसंग पनि व्यवसायी मुरारकाले जर्वजस्ती ६ करोडको तमसुक बनाएका छन् । व्यवसायीहरु निर्माण सम्बन्धि समाग्री खरिद गर्ने गरेका थिए । एक निर्माण व्यवसायीले एक करोड ४२ लाखको समान लिएर उनले ७० लाख बुझाएको बताउंछन । तर, मुरारकाले आफ्नो निर्माण कम्पनीको बैंक खाता रोक्का गराएर ब्लायकमेल गरेको ती व्यवसायीले बताए ।

‘करोबार गर्दा पैसा दिन ढिलो चाडो हुन्छ । अलकति ढिलो भयो भने बैंक खाता रोक्का गराएर अनाधिकृत रुपमा ६ गुना बढाएर तमसुक बनाउन लगाउछ,’ती व्यवसायीले भने,‘व्यवसायीक कारोबारमा पनि उनले गुण्डा शैलीमा ६ गुना बढाएर तमसुक बनाएको छ ।’ व्यवसायी श्याम साह जस्तै पीडित छन्, पंकज साह पनि । उनीसंग पनि मुरारकाले एक करोडको जर्वजस्ती तमसुक बनाएका छन् । यी सबै जना जिल्ला प्रशासन कार्यालय धनुषामा मुरारकाविरुद्ध अनुचित लेनदेन तथा मिटर व्याज सम्बन्धि निवेदनसमेत दिएका छन् ।

मुरारकासंग अधिकांश निर्माण व्यवसायी पीडित छन् । उनले केही दिन अघि जनकपुरधामका सानु मण्डलको घर जग्गा नै लिलाम गराएका थिए । सानु मण्डल जस्तै कयौं परिवारलाई उनले घरबार नै विहीन बनाएको आरोप छ ।

व्यवसायिक कारोबारमा यसरी व्यवसायीको सम्पत्ती कब्जा गर्न थाल्नु उनको नियति भइसकेको छ । धनुषा प्रहरीले पनि मुरारका विरुद्ध खाशै चासो लिएका छैनन् । मुरारकासंग यस विषयमा प्रतिक्रिया लिन खोज्दा तमसुक बनाएपनि फर्जी रहेको स्वीकार गरे ।

‘हामीहरु बीच पैसाको लेनदेन छैन् । व्यवसायिक कारोबार छ,’उनले भने,‘तर, समान लिएपछि पैसा दिन ढिलो भएपछि आफैले कागजात बनाउछौं । तर, त्यो तमसुक वडामा दार्ता गराइएको छैन् । न कुनैमाथि कारवाही गरेको छु ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]