०१ चैत्र २०८२, सोमबार
16-03-2026 , Mon
×

स्वतन्त्रता सेनानी नेपालीको निधन प्रती शिक्षा मन्त्री यादवद्वारा समवेदना प्रकट

Logo
मनोज मोरबैता प्रकाशित मंगलबार, भाद्र १२, २०८०

जनकपुरधाम ।मधेश सरकारका शिक्षा तथा समाज कल्याण मन्त्री महेश प्रसाद यादवले प्रेस स्वतन्त्रता सेनानी वरिष्ठ पत्रकार राजेश्वर नेपालीको निधन प्रती समवेदना प्रकट गरेको छ।

वरिष्ठ पत्रकार नेपालीको निधनको खबरले आफूलाई अत्यन्त दुःख लागेको शिक्षा मन्त्री यादवले बताएका छन् ।

उनले राष्ट्रिय स्तरमै आफ्नो पहिचान स्थापित गरेको प्रेस स्वतन्त्रता सेनानी वरिष्ठ पत्रकार नेपालीको शोकाकुल परिवारजनमा धैर्य धारण गर्ने शक्ति ईश्वरले प्रदान गरुन् भन्ने कामना गर्दै गहिरो समवेदना पनि प्रकट गरेका हुन ।

मन्त्री यादवले दु:ख व्यक्त गर्दै उनले मधेश एक सच्चा मार्गदर्शक गुमाएको बताए।उनले भने,’विभेदमा परेका मधेशीहरुसंग भएको भेदभाव र अन्यायविरुद्ध समेत उहाँले अग्र पंक्तिमा रहेर आवाज उठाएको हो।’

सोमबार राती ८:१० मिनेटमा वरिष्ठ पत्रकार नेपालीको निधन भएको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]