१३ चैत्र २०८२, शनिबार
28-03-2026 , Sat
×

जनकनन्दिनीमा गाउँघर क्लिनिक कार्यक्रम सुरु

Logo
मनोज मोरबैता प्रकाशित मंगलबार, भाद्र १२, २०८०

जनकपुरधाम ।धनुषाको जनकन्दिनी गाउँपालिकाले सुत्केरी महिला र बच्चाहरुको स्वास्थ्य अवस्था बुझ्नको लागि गाउँघर क्लिनिक कार्यक्रम संचालन गरेको छ।

जनकनन्दिनी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रबि भूषण मण्डलले सुत्केरी महिला र बच्चाहरुको स्वास्थ्य अवस्था बुझ्नको लागि गाउँघर क्लिनिक कार्यक्रम नियमित रुपमा चल्दै आइरहेको उनले बताए।

स्वास्थ्य शाखा प्रमुख मण्डलका अनुसार बच्चा जन्मिएको दिनदेखी डेढ महिनासम्म सुत्केरी महिला र बच्चाहरुको स्वास्थ्य अवस्था बारे जानकारी लिन्छ।गाउँपालिका अन्तर्गत रहेका स्वास्थ्य चौकीहरुमा कार्यरत नर्सिङहरुले सुत्केरी महिला र बच्चाहरुको घरघर पुगेर चेकजाँच गरि आवश्यक औषधिहरु दिने कार्य गरिरहेको प्रमुख मण्डलले भने।

सुत्केरी भएको दिनदेखि ४५ दिनसम्ममा ४ पटक स्वास्थ्य चेकजाँच गरिरहेको जनकनन्दिनी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रबिभूषण मण्डलले जानकारी दिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]