३१ आषाढ २०८२, बुधबार
16-07-2025 , Wed
×

प्रहरीले निःशुल्क जाहेरी लेखिदिने

Logo
प्रकाशित बिहिबार, भाद्र १९, २०७६

रञ्जन भण्डारी,महोत्तरी । जिल्ला प्रहरी कार्यालय महोत्तरीले अब निःशुल्क जाहेरी लेखिदिने भएको छ । केही समयअघिदेखि नै सामान्य घटनामा पीडितको सहुलियतका लागि निवेदन लेखिदिएर सहयोग गर्दै आएको प्रहरीले अब जाहेरीसमेत निःशुल्क लेखिदिने व्यवस्था गरेको छ ।

पीडितसँग कार्यालयबाहिर जाहेरी तथा निवेदन लेख्न चर्को शुल्क लिने गरेको जानकारी पाएपछि निःशुल्क लेखिदिने व्यवस्था गरिएको प्रहरी उपरीक्षक (एसपी) श्यामकृष्ण अधिकारीले बताए ।

जिल्ला प्रहरी कार्यालयमा आउने पीडितमध्ये अधिकांश विपन्न हुने तथा उनीहरू ठगिने गरेकाले आफूहरूले यस्तो कदम चालेको एसपी अधिकारीले बताए । उनले भने, ‘बाहिर चर्को शुल्क तथा मनोमानी ढंगले पैसा उठाउने परिपाटीले सामान्य मुद्दाका लागि समेत सयौँ र समग्रमा हजारौँ खर्च गर्नुपर्ने बाध्यता सर्वधारणले भोगेको पाइयो, अब यो परिपाटी समाप्त हुनेछ ।’

उनले स्थानीय निकाय स्थापित भएको दुई वर्षभन्दा बढी भइसकेको स्थितिमा अब जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी कार्यालयहरूमा प्रहरीले मात्र हेर्नेबाहेकका मुद्दाका लागि प्रहरी कार्यालयमा छलफल गराउनसमेत बन्द गरिने बताए ।

प्रहरी कार्यालयमा यस्ता छलफल बन्द गरेपछि स्थानीय तहहरूमा पीडित पुग्ने र उनीहरूको समेत भाडालगायत अनावश्यक खर्च बचत हुने आफूले आशा गरेको एसपी अधिकारीले बताए ।

अनावश्यक छलफलमा अलमलिनु नपर्दा प्रहरीको कार्यसम्पादनमा वृद्धि हुने र अपराध अनुसन्धानमा थप समय र ऊर्जा मिल्ने विश्वास उनले व्यक्त गरे । जिल्लामा गत आवमै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सहायता कक्षमै घरेलु हिंसाका चार सय सात उजुरी परेकामा तीमध्ये दुई सय २५ को फस्र्योट भएका छन् भने २१ वटा अदालतमा गएका छन् ।

प्रहरीमा आउने घरेलु हिंसाका मुद्दामध्ये खान–लाउन नदिएको, श्रीमान् र परिवारका अन्य सदस्यले कुटपिट गरेको, नागरिकता नबनाइदिएको, विवाह दर्ता नगरिदिएको मुद्दा बढी आउने गरेका छन् । यस्ता किसिमका मुद्दामा स्थानीय पालिका तथा वडा कार्यालय नै अगाडि आउनुपर्ने र पीडितलाई न्याय दिलाउन सहयोग गर्नुपर्ने स्थानीय विज्ञहरू बताउँछन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]