१० चैत्र २०८२, बुधबार
25-03-2026 , Wed
×

एसिया कप किक्रेट : पाकिस्तानविरुद्ध नेपाललाई पाँचौं सफलता, बाबर आजम आउट

Logo
न्यूज मधेश प्रकाशित बुधबार, भाद्र १३, २०८०

काठमाडौँं । एसिया कप क्रिकेटमा पाकिस्तानविरुद्ध पहिलो बलिङ गरिरहेको नेपालले पाँचौं विकेट लिन सफल भएको छ । नेपालका लागि पाँचौं विकेट सोमपाल कामीले लिएका हुन् । उनले बाबर आजमलाई १५१ रनमा आउट गरे । यससँगै पाकिस्तानले ४९.४ ओभर खेल्दै ५ विकेटको क्षतिमा ३३८ रन बनाएको छ ।

नेपालका लागि पहिलो विकेट करण केसीले लिएका हुन् भने दोस्रो र तेस्रो विकेट रनआउट गराएको हो ।

करण केसीले पाकिस्तानी ओपनर फकहर जमानलाई १४ रनमा आउट गर्न सफल भएका हुन् । करणको तेस्रो ओभरलगत्तै बलिङ गर्न आएका सोमपालको बलमा रन लिन खोज्दा अर्का ओपनर इमाम उल हकलाई कप्तान रोहित पौडेलले रनआउट गर्न सफल भएका हुन् । इमाम ५ रन बनाएर आउट भएका हुन् ।

यस्तै मोहमद रिजवानलाई दीपेन्द्रसिंह ऐरीले रन आउट गरेका हुन् । रिजवानले ५० बलको सामना गर्दै ४४ रन बनाएका थिए । नेपालका लागि चौथो विकेट सन्दीप लामिछानेले लिएका हुन् । लामिछानेको बलमा आउट हुनु अघि आघा सलमानले मात्र ५ रन बनाउन सके ।

पाकिस्तानले एसिया कप क्रिकेटमा नेपालविरुद्ध पहिला ब्याटिङ गरिरहेको छ । कप्तान बाबार आजमले टस जितेपछि घरेलु टोली पाकिस्तानले मुल्तान क्रिकेट रंगशालामा नेपाललाई फिल्डिङका लागि बोलाएको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]