२८ आषाढ २०८२, आइतबार
13-07-2025 , Sun
×

एसिया कप किक्रेट : पाकिस्तानविरुद्ध नेपाललाई पाँचौं सफलता, बाबर आजम आउट

Logo
न्यूज मधेश प्रकाशित बुधबार, भाद्र १३, २०८०

काठमाडौँं । एसिया कप क्रिकेटमा पाकिस्तानविरुद्ध पहिलो बलिङ गरिरहेको नेपालले पाँचौं विकेट लिन सफल भएको छ । नेपालका लागि पाँचौं विकेट सोमपाल कामीले लिएका हुन् । उनले बाबर आजमलाई १५१ रनमा आउट गरे । यससँगै पाकिस्तानले ४९.४ ओभर खेल्दै ५ विकेटको क्षतिमा ३३८ रन बनाएको छ ।

नेपालका लागि पहिलो विकेट करण केसीले लिएका हुन् भने दोस्रो र तेस्रो विकेट रनआउट गराएको हो ।

करण केसीले पाकिस्तानी ओपनर फकहर जमानलाई १४ रनमा आउट गर्न सफल भएका हुन् । करणको तेस्रो ओभरलगत्तै बलिङ गर्न आएका सोमपालको बलमा रन लिन खोज्दा अर्का ओपनर इमाम उल हकलाई कप्तान रोहित पौडेलले रनआउट गर्न सफल भएका हुन् । इमाम ५ रन बनाएर आउट भएका हुन् ।

यस्तै मोहमद रिजवानलाई दीपेन्द्रसिंह ऐरीले रन आउट गरेका हुन् । रिजवानले ५० बलको सामना गर्दै ४४ रन बनाएका थिए । नेपालका लागि चौथो विकेट सन्दीप लामिछानेले लिएका हुन् । लामिछानेको बलमा आउट हुनु अघि आघा सलमानले मात्र ५ रन बनाउन सके ।

पाकिस्तानले एसिया कप क्रिकेटमा नेपालविरुद्ध पहिला ब्याटिङ गरिरहेको छ । कप्तान बाबार आजमले टस जितेपछि घरेलु टोली पाकिस्तानले मुल्तान क्रिकेट रंगशालामा नेपाललाई फिल्डिङका लागि बोलाएको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]