२१ बैशाख २०८१, शुक्रबार
03-05-2024 , Fri
×

नेपालको खराब सुरुवात, पहिलो ओभरमै गुमायो २ विकेट

Logo
न्यूज मधेश प्रकाशित बुधबार, भाद्र १३, २०८०

काठमाडौं । एसिया कप क्रिकेटमा पाकिस्तानले दिएको ३४३ रनको विशाल लक्ष्य पछयाएको नेपालले खराब सुरुवात गरेको छ ।

मुल्तान क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ रोजेको घरेलु टोलीले ५० ओभरमा ६ विकेट गुमाएर ३४२ रन बनाएको थियो ।

२४३ रनको लक्ष्य पछ्याएको नेपालले पहिलो ओभरमै लगातार दुई विकेट गुमायो । शाहिद अफ्रिदीको पाँचौं बलमा कुशल भुर्तेल आउट भए ।

अर्को बलमा कप्तान रोहितकुमार पौडेल पनि आउट भए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । मधेश सरकारको योजनाहरू खरिद विक्री हुने गरेको निष्कर्ष निकाल्दै जनमत पार्टीले विरोध गर्ने निर्णय गरेको छ । राष्ट्रिय अध्यक्ष डा. सीके राउतको उपस्थितिमा आज जनमत पार्टी मधेश प्रदेश संसदीय दलको बैठक बसेको थियो । उक्त बैठकले योजना खरिद विक्रीबारे सरकारको ध्यानाकर्षण र विरोध गर्ने गरिएको दलका नेता महेश प्रसाद यादवले जानकारी दिए । […]

जनकपुरधाम । जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले महोत्तरीको मटिहानीका आगलागी प्रभावित परिवारलाई ग्यास सिलिण्डर सहयोग गरेका छन् । आगलगी प्रभावित क्षेत्रको अवलोकन पुगेका जनमत अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य डा. राउतले सानो ग्यास सिलिन्डर वितरण गरेका हुन् । उनले १०८ प्रभावित परिवारलाई ५ किलोको ग्यास सिलिन्डर उपलब्ध गराएको मटिहानीका मेयर हरि प्रसाद मण्डलले जानकारी दिए । […]

जनकपुरधाम । जनमत पार्टी मधेस प्रदेश संसदीय दलको बैठक बस्न लागेको छ। जनकपुरधामको भानु चौकस्थित रहेको पार्टीको सचिवालयमा पार्टी अध्यक्ष डा.सीके राउतको उपस्थितिमा बैठक बस्न लागेका हुन् । आज बिहान ९ बजेको लागि मधेस प्रदेशका समसामयिक राजनीतिक विषय बस्तुमा छ्लफलको लागि बैठक बोलाएको पार्टीका राष्ट्रिय सचिव तथा प्रदेश सांसद संजय यादवले बताए ।