०८ फाल्गुण २०८२, शनिबार
21-02-2026 , Sat
×

साइकल वितरण कार्यक्रममा अध्यक्षता ग्रहण गर्न नदिएको भन्दै प्रधानाध्यापकमाथि वडाध्यक्षले गरे हातपात

Logo
प्रकाशित बिहिबार, भाद्र १९, २०७६

जलेश्वर । महोत्तरीको एक जनप्रतिनिधिले साइकल वितरण कार्यक्रमको अध्यक्षता गर्न नदिएको भन्दै एक विद्यालयका प्रधानाध्यापकमाथि हातपात गरेका छन् ।

बिहीवार बलबा नगरपालिकास्थित जनता माध्यमिक विद्यालय बनौटामा बलवा नपाका वडा नम्बर ७ का वडा अध्यक्ष विजय महतोले ‘मुख्यमन्त्री बेटी पढाउँ बेटी बचाउ’ अभियान कार्यक्रम अन्तर्गत हुन लागेको साइकल वितरण कार्यक्रमको अध्यक्षताको आसन ग्रहण नगराएको भन्दै प्रधानाध्यापक महेश झामाथि हातपात गरेका हुन् ।

प्रधानाध्यापक झाले भने ,‘विद्यालयमा आज कार्यक्रमका लागि हिजो सम्बन्धित सबै जनासँग परामर्श गरेका थियौँ । त्यसमा कुरा उठ्यो कार्यक्रमको अध्यक्षता कसले गर्ने नियम अनुसार विद्यालय व्यवस्थापन समितिका अध्यक्षले अध्यक्षता गर्ने गर्छन् र यदि अध्यक्ष नभए प्रधानाध्यापकले अध्यक्षता गर्ने गर्छन् । अध्यक्ष नभएका कार्यक्रम मैले अध्यक्षता गर्नुपर्ने अवस्था आयो सबैले सहमति पनि जनाउनुभयो, तर हिजो राति वडाअध्यक्षज्यूले मलाई कार्यक्रमको अध्यक्ष नबनाए कार्यक्रम बिथोलिदिन्छु भनेर धम्की दिएको थियो ।’

आफूहरु वडा अध्यक्ष महतोलाई नै अध्यक्षताको ग्रहण गराउने बारेमा विद्यालय परिसरमा अन्य शिक्षकहरुसँग छलफल गरिरहेकै बेला करिब दुई दर्जन मान्छेसहित विद्यालयमा आएका वडा अध्यक्ष महतोले अचानक मुख्यमन्त्रीको स्वागतका लागि राखिएको कुर्सीहरु तोड़फोड़ गर्न लागेको उनले बताए ।

आफुले रोक्न खोज्दा अध्यक्षसहित उनीसँग आएकाहरु आफूमाथि जाइलागेको प्रधानाध्यापक झाले बताए ।

यता प्रधानाध्यापकलाई हातपात गरिरहेको देखेपछि उक्त विद्यालयका विद्यार्थीहरु वडाअध्यक्ष महतोलाई लखेटेपछि उनी भागेको र आफुहरुलाई घर निर प्रहरी मगाएर पिट्न लगाएको घाइते भएका कक्षा १० मा अध्ययनरत्त छात्र धिरज यादवले बताए ।

प्रहरीको लाठी चार्जबाट धीरजको टाउको फुटेको छ भने अन्य ४ जना विद्यार्थीलाई पनि चोट लागेको छ । घाइते सबै विद्यार्थीहरुको जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।

यता वडा अध्यक्ष महतोले आफूले प्रधानाध्यापक झामाथि कुनै प्रकारको हातपात नगरेको जिकिर गरे ।उनले भने ‘उल्टै प्रधानाध्यापक झाले विद्यार्थीहरुलाई आफूविरुद्ध उचालेको, घर र कार्यालयमा तोडफोड गर्न लगाएको छ ।’

प्रदेश नम्बर २ को सरकारले ‘बेटी पढाउँ बेटी बचाउँ’अभियान अन्तर्गत सामुदायिक विद्यालयका कक्षा ८ मा अध्ययनरत्त छात्राहरुका सहजताका लागि प्रदेश भरि नै साइकल वितरण गर्ने अभियान चलाएको छ ।साभार: रातोपाटिबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]