०१ मंसिर २०८२, सोमबार
17-11-2025 , Mon
×

साइकल वितरण कार्यक्रममा अध्यक्षता ग्रहण गर्न नदिएको भन्दै प्रधानाध्यापकमाथि वडाध्यक्षले गरे हातपात

Logo
प्रकाशित बिहिबार, भाद्र १९, २०७६

जलेश्वर । महोत्तरीको एक जनप्रतिनिधिले साइकल वितरण कार्यक्रमको अध्यक्षता गर्न नदिएको भन्दै एक विद्यालयका प्रधानाध्यापकमाथि हातपात गरेका छन् ।

बिहीवार बलबा नगरपालिकास्थित जनता माध्यमिक विद्यालय बनौटामा बलवा नपाका वडा नम्बर ७ का वडा अध्यक्ष विजय महतोले ‘मुख्यमन्त्री बेटी पढाउँ बेटी बचाउ’ अभियान कार्यक्रम अन्तर्गत हुन लागेको साइकल वितरण कार्यक्रमको अध्यक्षताको आसन ग्रहण नगराएको भन्दै प्रधानाध्यापक महेश झामाथि हातपात गरेका हुन् ।

प्रधानाध्यापक झाले भने ,‘विद्यालयमा आज कार्यक्रमका लागि हिजो सम्बन्धित सबै जनासँग परामर्श गरेका थियौँ । त्यसमा कुरा उठ्यो कार्यक्रमको अध्यक्षता कसले गर्ने नियम अनुसार विद्यालय व्यवस्थापन समितिका अध्यक्षले अध्यक्षता गर्ने गर्छन् र यदि अध्यक्ष नभए प्रधानाध्यापकले अध्यक्षता गर्ने गर्छन् । अध्यक्ष नभएका कार्यक्रम मैले अध्यक्षता गर्नुपर्ने अवस्था आयो सबैले सहमति पनि जनाउनुभयो, तर हिजो राति वडाअध्यक्षज्यूले मलाई कार्यक्रमको अध्यक्ष नबनाए कार्यक्रम बिथोलिदिन्छु भनेर धम्की दिएको थियो ।’

आफूहरु वडा अध्यक्ष महतोलाई नै अध्यक्षताको ग्रहण गराउने बारेमा विद्यालय परिसरमा अन्य शिक्षकहरुसँग छलफल गरिरहेकै बेला करिब दुई दर्जन मान्छेसहित विद्यालयमा आएका वडा अध्यक्ष महतोले अचानक मुख्यमन्त्रीको स्वागतका लागि राखिएको कुर्सीहरु तोड़फोड़ गर्न लागेको उनले बताए ।

आफुले रोक्न खोज्दा अध्यक्षसहित उनीसँग आएकाहरु आफूमाथि जाइलागेको प्रधानाध्यापक झाले बताए ।

यता प्रधानाध्यापकलाई हातपात गरिरहेको देखेपछि उक्त विद्यालयका विद्यार्थीहरु वडाअध्यक्ष महतोलाई लखेटेपछि उनी भागेको र आफुहरुलाई घर निर प्रहरी मगाएर पिट्न लगाएको घाइते भएका कक्षा १० मा अध्ययनरत्त छात्र धिरज यादवले बताए ।

प्रहरीको लाठी चार्जबाट धीरजको टाउको फुटेको छ भने अन्य ४ जना विद्यार्थीलाई पनि चोट लागेको छ । घाइते सबै विद्यार्थीहरुको जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।

यता वडा अध्यक्ष महतोले आफूले प्रधानाध्यापक झामाथि कुनै प्रकारको हातपात नगरेको जिकिर गरे ।उनले भने ‘उल्टै प्रधानाध्यापक झाले विद्यार्थीहरुलाई आफूविरुद्ध उचालेको, घर र कार्यालयमा तोडफोड गर्न लगाएको छ ।’

प्रदेश नम्बर २ को सरकारले ‘बेटी पढाउँ बेटी बचाउँ’अभियान अन्तर्गत सामुदायिक विद्यालयका कक्षा ८ मा अध्ययनरत्त छात्राहरुका सहजताका लागि प्रदेश भरि नै साइकल वितरण गर्ने अभियान चलाएको छ ।साभार: रातोपाटिबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]