१७ चैत्र २०८२, बुधबार
01-04-2026 , Wed
×

झापामा शर्माले लिएको नागरिकता सङ्कास्पद्

Logo
न्यूज मधेश प्रकाशित शुक्रबार, भाद्र १५, २०८०

झापा । झापामा एक व्यक्तिले लिएको नागरिकता सङ्कास्पद् देखिएको छ । झापा साबिक घेराबारी ५ हाल कचनकवल १ का रमेश शर्माको नागरिकता सङ्कास्पद् देखिएको हो । शर्माले दाजुको नागरिकता, नाता प्रमाणित र बसाइँसराइको कागजात पेस गरेर वि.सं. २०७१ फागुन १६ गते वंशजको आधारमा जिल्ला प्रशासन कार्यालय झापा मार्फत नागरिकता जारी गरेको उल्लेख छ।

नागरिकतामा बाबुको नाम जगदीश शर्मा राखिएको छ । नागरिकता लिने प्रक्रियामा साबिक घेराबारी ५ हाल कचनकवल १ को वडा कार्यालयमा कुनै अभिलेख फेला परेको छैन । उनले लिएको नागरिकता जिल्ला प्रशासनमा फेला परेको छ भने त्यसमा चाहिने कागजातहरु भने नभेटिएको जिल्ला प्रशासनको नागरिकता फाँटले जनाएको छ ।

शर्माको नागरिकता जारी भएको बखतमा कचकवल १ देखिए पनि सो वडामा उनको कुनै प्रमाण फेला नपरेको वडा कार्यालयले जनाएको छ । उनको नागरिकतामा प्रशासकीय अधिकृत सुरेश आचार्यले हस्ताक्षर गरेका छन् । वंशजका आधारमा शर्माले लिएको नागरिकता नम्बर ०४–१०–७१–००१११ उल्लेख छ । शर्माको नागरिकता सङ्कास्पद् नागरिकताको विषयमा जिल्ला प्रशासनमा जानकारी लिन जाँदा नागरिकताको विषयमा ०७८ भदौ २५ गते जिल्ला प्रशासनमा उजुरी परेको फाँटका कर्मचारीले जानकारी दिए । निवेदन परिसकेपछि जिल्ला प्रशासनले शर्मालाई उपस्थित गराइ जानकारी लिँदा नागरिकता हरायो भन्ने जवाफ दिएपछि पुनः ०७८ असोज १० गते तत्कालीन प्रशासकीय अधिकृत मोहनलाल पनेरुले सहीगरी प्रतिलिपि नागरिकता प्राप्त गरेको देखिएको छ । सो नागरिकता प्रशासनको मुद्दा फाँटले खिचेर राखेको छ ।

त्यसैगरी शर्माका छोरी सालुले जन्मस्थान दमक १२ र हालको बसोबास पनि दमक सोही वडा देखाएर जन्मका आधारमा ०६३ फागुन १८ मा नागरिकता लिएको इलाका प्रशासन कार्यालय दमकमा भेटिएको छ । टोली प्रमुख ज्ञानेन्द्रराज ओझाको नाम नागरिकतामा उल्लेख भएपनि ओझाको सही र कार्यालयको छाप भने देखिँदैन । शालुको नागरिकता नम्बर ०४०३०४४/३४८ उल्लेख छ । उनको बाबुको नागरिकतामा रमेश शर्मा छ भने शालुुको नागरिकतामा कुमार नै छैन ।

यता छोरा सौरभको जन्मस्थान कनकाई ८ र हालको बसोबास दमक ११ देखाएर ०७३ जेठ २५ मा इलाका प्रशासन कार्यालय दमकबाट नै वंशजका अधारमा नागरिकता जारी भएको देखिएको छ ।

नागरिकतामा उजुरी परेपछि शर्माले ०७९ चैत्र १ गतेसम्म तारिख धाएको र त्यसपछि उपस्थित नभएको मुद्दा फाँटका कर्मचारीले जानकारी दिए । केही दिन अघि जिल्ला प्रशासनको सम्पर्कमा आएका शर्मालाई प्रमाण पुग्ने कागजात नल्याएमा कारबाहीको प्रक्रिया अगाडि बढ्ने फाँटका कर्मचारीले भनेको जानकारीमा आएको छ ।

शर्मा परिवारको नागरिकता सम्बन्धी कुनै कागजात फेला नपरेको कचनकवल १ का वडा अध्यक्ष महावीर लिम्बूले बताए।वडाबाट सिफारिस लगेको नगदी रसिद तिरेको कुनै पनि अभिलेख नदेखिएको उनको भनाइ छ ।

यता जिल्ला प्रशासनको नागरिकता प्रतिलिपि फाँटमा प्रतिलिपि लिएको देखिएको प्रशासकीय अधिकृत दयाकृष्ण ढकालले बताए । प्रतिलिपि नागरिकता लिनलाई सम्बन्धित वडाको सिफारिस नभए पनि नागरिकता जारी गर्ने अधिकृतले चिनजानका आधारमा दिनसक्ने उनले जनाए । प्रतिलिपि लिनका लागि त्यस्तो कुनै नियम नरहेको उनको भनाइ छ ।

उजुरी परेपछि प्रमाण जुटाउने काम भइरहेको प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले बताए । उनको नागरिकताको विषयमा प्रमाण जुटिसकेपछि मात्र टुङ्गोमा पुगिने उनले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]