२४ बैशाख २०८१, सोमबार
06-05-2024 , Mon
×

झापामा शर्माले लिएको नागरिकता सङ्कास्पद्

Logo
न्यूज मधेश प्रकाशित शुक्रबार, भाद्र १५, २०८०

झापा । झापामा एक व्यक्तिले लिएको नागरिकता सङ्कास्पद् देखिएको छ । झापा साबिक घेराबारी ५ हाल कचनकवल १ का रमेश शर्माको नागरिकता सङ्कास्पद् देखिएको हो । शर्माले दाजुको नागरिकता, नाता प्रमाणित र बसाइँसराइको कागजात पेस गरेर वि.सं. २०७१ फागुन १६ गते वंशजको आधारमा जिल्ला प्रशासन कार्यालय झापा मार्फत नागरिकता जारी गरेको उल्लेख छ।

नागरिकतामा बाबुको नाम जगदीश शर्मा राखिएको छ । नागरिकता लिने प्रक्रियामा साबिक घेराबारी ५ हाल कचनकवल १ को वडा कार्यालयमा कुनै अभिलेख फेला परेको छैन । उनले लिएको नागरिकता जिल्ला प्रशासनमा फेला परेको छ भने त्यसमा चाहिने कागजातहरु भने नभेटिएको जिल्ला प्रशासनको नागरिकता फाँटले जनाएको छ ।

शर्माको नागरिकता जारी भएको बखतमा कचकवल १ देखिए पनि सो वडामा उनको कुनै प्रमाण फेला नपरेको वडा कार्यालयले जनाएको छ । उनको नागरिकतामा प्रशासकीय अधिकृत सुरेश आचार्यले हस्ताक्षर गरेका छन् । वंशजका आधारमा शर्माले लिएको नागरिकता नम्बर ०४–१०–७१–००१११ उल्लेख छ । शर्माको नागरिकता सङ्कास्पद् नागरिकताको विषयमा जिल्ला प्रशासनमा जानकारी लिन जाँदा नागरिकताको विषयमा ०७८ भदौ २५ गते जिल्ला प्रशासनमा उजुरी परेको फाँटका कर्मचारीले जानकारी दिए । निवेदन परिसकेपछि जिल्ला प्रशासनले शर्मालाई उपस्थित गराइ जानकारी लिँदा नागरिकता हरायो भन्ने जवाफ दिएपछि पुनः ०७८ असोज १० गते तत्कालीन प्रशासकीय अधिकृत मोहनलाल पनेरुले सहीगरी प्रतिलिपि नागरिकता प्राप्त गरेको देखिएको छ । सो नागरिकता प्रशासनको मुद्दा फाँटले खिचेर राखेको छ ।

त्यसैगरी शर्माका छोरी सालुले जन्मस्थान दमक १२ र हालको बसोबास पनि दमक सोही वडा देखाएर जन्मका आधारमा ०६३ फागुन १८ मा नागरिकता लिएको इलाका प्रशासन कार्यालय दमकमा भेटिएको छ । टोली प्रमुख ज्ञानेन्द्रराज ओझाको नाम नागरिकतामा उल्लेख भएपनि ओझाको सही र कार्यालयको छाप भने देखिँदैन । शालुको नागरिकता नम्बर ०४०३०४४/३४८ उल्लेख छ । उनको बाबुको नागरिकतामा रमेश शर्मा छ भने शालुुको नागरिकतामा कुमार नै छैन ।

यता छोरा सौरभको जन्मस्थान कनकाई ८ र हालको बसोबास दमक ११ देखाएर ०७३ जेठ २५ मा इलाका प्रशासन कार्यालय दमकबाट नै वंशजका अधारमा नागरिकता जारी भएको देखिएको छ ।

नागरिकतामा उजुरी परेपछि शर्माले ०७९ चैत्र १ गतेसम्म तारिख धाएको र त्यसपछि उपस्थित नभएको मुद्दा फाँटका कर्मचारीले जानकारी दिए । केही दिन अघि जिल्ला प्रशासनको सम्पर्कमा आएका शर्मालाई प्रमाण पुग्ने कागजात नल्याएमा कारबाहीको प्रक्रिया अगाडि बढ्ने फाँटका कर्मचारीले भनेको जानकारीमा आएको छ ।

शर्मा परिवारको नागरिकता सम्बन्धी कुनै कागजात फेला नपरेको कचनकवल १ का वडा अध्यक्ष महावीर लिम्बूले बताए।वडाबाट सिफारिस लगेको नगदी रसिद तिरेको कुनै पनि अभिलेख नदेखिएको उनको भनाइ छ ।

यता जिल्ला प्रशासनको नागरिकता प्रतिलिपि फाँटमा प्रतिलिपि लिएको देखिएको प्रशासकीय अधिकृत दयाकृष्ण ढकालले बताए । प्रतिलिपि नागरिकता लिनलाई सम्बन्धित वडाको सिफारिस नभए पनि नागरिकता जारी गर्ने अधिकृतले चिनजानका आधारमा दिनसक्ने उनले जनाए । प्रतिलिपि लिनका लागि त्यस्तो कुनै नियम नरहेको उनको भनाइ छ ।

उजुरी परेपछि प्रमाण जुटाउने काम भइरहेको प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले बताए । उनको नागरिकताको विषयमा प्रमाण जुटिसकेपछि मात्र टुङ्गोमा पुगिने उनले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं। सत्तारुढ दल जनता समाजवादी पार्टी नेपाल(जसपा) फुटेको छ । आइतबार अशोक राईको नेतृत्वमा जसपा नाम राखेर दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता गराइएको छ । संघीय संसद्‌मा प्रतिनिधित्व गर्ने ७ सांसदहरु राईसहित नवलकिशोर साह सुडी, रन्जु ठाकुर, वीरेन्द्र महतो, सुशीला श्रेष्ठ, प्रदीप यादव र हसिना खानले पार्टी विभाजन गरेका हुन्। साथै उनीहरुसँग २९ […]

काठमाडौं । संघीय वन तथा वातावरणमन्त्री नवल किशोर साह सुडीले जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान सत्ता गठबन्धन नै ढाल्ने कोसिस गरेपछि आफूहरुले नयाँ पार्टी नै गठन गरेको दाबी गरेका छन् । आइतबार निर्वाचन आयोगमा दल दर्ताका लागि पुगेका बहालवाला मन्त्री साहले सरकारको स्थायित्वका लागि आफूहरुले यस्तो कदम चालेको बताए । ‘अध्यक्ष यो सरकारको स्थायित्वको […]

काठमाडौं।सत्तारुढ जनता समाजवादी पार्टी(जसपा) विभाजित भएको छ। जसपाका कार्यकारी अध्यक्ष उपेन्द्र यादव विदेश भ्रमणमा रहेका बेला अर्का संघीय परिषदका अध्यक्ष अशोक राईले अलग दल गठन गनै लागेका हुन्। स्रोतका अनुसार राईको नेतृत्वमा गठन हुने नयाँ दलमा पार्टीका १२ सांसद मध्ये ७ जना सहभागी हुने भएका छन्। राईको पक्षमा वनमन्त्री समेत रहेका नवलकिशोर साह, शुशिला श्रेष्ठ, […]