२४ साउन २०८२, शनिबार
09-08-2025 , Sat
×

एकसाथ ५० भन्दा बढी सहसचिवको सरुवा हुँदै

Logo
न्यूज मधेश प्रकाशित शुक्रबार, भाद्र १५, २०८०

काठमाडौ । सरकारले एकै साथ ५० भन्दा बढी सहसचिवहरुको अन्तरमन्त्रालय र अन्तरनिकायगत सरुवा गर्ने तयारी गरेको छ । मन्त्रिपरिषदमा ५२ जना सहसचिवहरुको सरुवा गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रस्ताव लगेको थियो ।

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार प्रस्तावमाथि मन्त्रिपरिषदले निर्णय गरेपछि मन्त्रीहरुको राय सुझाव लिएर मुख्य सचिव डा. बैकुण्ठ अर्यालले सूची प्रमाणीकरण गर्नेछन् । त्यसैले सो सूचीमा हेरफेर र थपघटको सम्भावना छ ।

‘सहसचिवहरुको सरुवा हुने तय भइसकेको छ, प्रमाणीकरणको प्रक्रिया पुरा नभई सरुवा भएकाहरुको सूची बाहिर आउँदैन,’ संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयका एक अधिकारीले भने,‘लामो सयमदेखि एकै ठाउँमा रहेका र विभिन्न मन्त्रीले राखेको चाहनाबमोजिम अन्तिम सूची प्रमाणीकरण भएर आउँछ ।’

प्रधानमन्त्रीको अमेरिका भ्रमणअघि नै सरुवाको सूची प्रमाणीकरण गरेर सार्वजनिक गर्ने तयारी छ । को–को ससहचिवको कुन मन्त्रालय र निकायमा सरुवा भयो भन्ने खुलेको छैन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]