१७ चैत्र २०८२, बुधबार
01-04-2026 , Wed
×

सहिद राममनोहर यादवको स्मृति दिवसको अवसरमा जनकपुरधाममा दिप प्रज्वलन

Logo
न्यूज मधेश प्रकाशित शुक्रबार, भाद्र १५, २०८०

जनकपुरधाम। स्वराज आन्दोलनका प्रथम सहिद राम मनोहर यादवको पाँचौ स्मृति दिवसका अवसरमा जनमत पार्टी धनुषाले जनकपुरधामको दिप प्रज्वलन गरेको छ।

शुक्रबार सहिद राममनोहरको सम्झनामा जनमत पार्टी धनुषाले जनकचौकमा दिप प्रज्वलन कार्यक्रमको आयोजना गरेका थिए।सो कार्यक्रम जनमत पार्टीका महासचिव तथा मधेश सरकारका श्रम तथा यातायात मन्त्री चन्दन सिंह लगाएतले सहिद राममनोहर यादवको तस्वीरमा माल्यार्पण गर्दै स्वराज आन्दोलनमा उनको योगदानको चर्का गरेका थिए।

राममनोहर एउटा होनहार ,निडर ,संगठन प्रती ईमानदार जोसिला युवा नेताको रुपमा चर्चित थिए।उहाँ तत्कालीन स्वतन्त्र मधेश गठबन्धन बाँके जिल्लाका कमान्डर पनि रहेको थियो।

२०७५ भाद्र ७ गते तात्कालिन संघीय समाजवादी फोरमका अध्यक्ष एवं उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादव प्रमुख अतिथि रहेको कार्यक्रममा उनले प्रश्न सोध्ने क्रममा पक्राउ परे।तर,उनलाई कालो झण्डा देखाएको आरोपमा लगाउदै राज्य विप्लवको मुद्दा लगाई हिरासतमा यातना दिएर बर्दिया प्रहरीद्वारा हत्या गरिएको आरोप लगाएको थियो ।

उच्च रक्तचापका विरामी समेत रहेका स्व. राममनोहरले नियमित खाने औषधी समेत खान नदिएको, यातनाका बेला परिवारसंग भेट्न नदिएको थिए ।

सिकिस्त भई बेहोस भईसकेपछि मात्र प्रहरीले उपचारका लागी स्व. राममनोहरलाई स्थानिय स्वास्थ्य चौकी, जिल्ला अस्पताल र अन्तमा काठमाडौं लैजाने क्रममा अनावश्यक समय बर्बाद गरी जानिजानि २०७५ भाद्र १५ गते मृत्युको मुखमा पुर्‍याएको थियो।

सो जनमत पार्टी धनुषा इन्चार्ज सुरेन्द्र मण्डलको अध्यक्षतामा भएको दीप प्रज्वल तथा श्रद्धाञ्जली कार्यक्रममा जनमत पार्टीको नेताकार्यकर्ताहरुले सहिद राममनोहर यादवको तस्वीरमा फुल अबिर चढाएर श्रद्धाञ्जली अर्पण गरेको थिए।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]