२१ भाद्र २०८२, आइतबार
07-09-2025 , Sun
×

विद्यालय जाँदै क्रममा बालिका माथि एसिड प्रहार , एक युवक पक्राउ

Logo
प्रकाशित शुक्रबार, भाद्र २०, २०७६

विरगंज । पर्सा जिल्लाको विरगंज महानगरपालिकामा शुक्रबार बिहानै विद्यालय जाने क्रममा एक बालिका माथी एसिड प्रहार गरेका एक युवक पक्राउ परेका छ्न।

महानगरपालिकामा वडा नं. १ छपकैया बस्ने १५ वर्षीया किशोरी मुस्कान खातुन रहेकी प्रहरीले जनाएको छ । खातून आफ्नै घर छपकैयाबाट बिहान विद्यालय जानेक्रममा २ जना युवकले उनिमाथी वीरगञ्ज ६ गणेशमान चोकमा एसिड प्रहार गरेका छन । बिहान ६ बजे विद्यालय जादै गर्दा अचानक खातुनमाथि एसिड प्रहार गर्दा उनी गम्भीर घाइते भएकी छिन् ।

ऊनिमाथी बीरगंज छपकैया टोलकै सम्साद मिया र मक्सेद आलम एसिड प्रहार गरेको पर्साका प्रहरी प्रबक्ता एवम प्रहरी नायब उपरीक्षक अन्न्तराम शर्माले जानकारी दिएका छन । गणेशमान चोक जाने गल्लीमा गल्लीमा रहेको एक शैलुनमा पहिलेदेखिनै बाटो कुरेर बसेका दुई युवकले छात्रामाथि एकाएक एसिड प्रहार गरी भागेको प्रत्यदर्शीले बताएका छन ।

प्रत्यक्षदर्शीका अनुसार ती छात्रा सोही बाटो भएर विद्यालय जाने क्रममा स्कुल ड्रेसमै रहेको अवस्थामा उनी माथि एसिड प्रहार भएको बताएका छन l घटनामा संलग्न मुख्य नाइके छपकैया निवासी संसाद मियालाई प्रहरीले पक्राउ गरिसकेको छ। थप एक युवा माजिद मिया फरार रहेकाले प्रहरीले खोजी गरिरहेको प्रहरी नायब उपरिक्षक शर्माले जानकारी दिएका छन।

यसैबीच पर्सा निर्वाचन क्षेत्र १ का सांसद प्रदिप यादवले घाईते किशोरीको परिवारलाई नगद ५० हजार प्रदान गरेका छन्। छात्रामाथि भएको घटना दुखत रहेको भन्दै सांसद यादवले आफू काठमाडौंमै भएकाले उपचारमा कुनै कमी हुन नदिन उपचारमा संलग्न डाक्टरहरूलाई निर्देशन दिइसकेको जानकारी दिएका छन ।

उनले चाडो काठमाडौं ल्याएर उपचार गराउन समेत भनेका छन्। वीरगन्जमा लाग्ने खर्च तथा बाटो खर्चको लागि केही रकम दिएको र काठमाडौं आएपछि थप सहयोग गर्ने उनले बताएका छन । घाईते छात्रालाई थप उपचारको लागि काठमाडौं लैजाने तयारी भईरहेको प्रहरीले जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]