१७ चैत्र २०८२, बुधबार
01-04-2026 , Wed
×

साक्षरता कार्यक्रम प्रभावकारी रूपमा सफल बनाउन शिक्षा मन्त्री यादवको आग्रह

Logo
न्यूज मधेश प्रकाशित आइतबार, भाद्र १७, २०८०

लहान । मधेश प्रदेशका शिक्षा तथा समाज कल्याणमन्त्री महेशप्रसाद यादवले प्रदेश सरकारले ल्याएको साक्षरता कार्यक्रम प्रभावकारी रूपमा सफल बनाउन आग्रह गरेका छ्न ।

१६ औँ पुस्तकालय दिवसका अवसरमा सिर्जना सामुदायिक पुस्तकालय, लहान–११, पडरियाले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो आग्रह गरेको हो ।

सुगम रहेको मधेश प्रदेशमा अहिले पनि निरक्षर रहेकाले सबैलाई साक्षर बनाउन मधेश सरकारले आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा बजेटको व्यवस्था गरेर साक्षरता कार्यक्रम अगाडि बढाएको उनले बताए। मन्त्री यादवले भने, “दलित, अति दलित डुम, मेस्तर र कुसहर समुदायका बालबालिका अहिले पनि विद्यालयबाहिर रहेकाले यस कार्यमा सामुदायिक पुस्तकालयहरूको पनि भूमिका देखिनुु आवश्यक छ ।”

पुस्तकालय धराशायी भइरहेको समयमा लहानका सिर्जना सामुदायिक पुस्तकालय टिकेकोमा प्रशंसा गर्दै उहाँले मधेश प्रदेशका पुस्तकालयहरूलाई पुनर्जागरण गर्न प्रदेशस्तरीय भेला बोलाएर कार्यव्रmम गरिने दृढता व्यक्त गरे । अहिलेसम्म सङ्घीय शिक्षा ऐन नआउँदा प्रदेशको शिक्षा ऐन बनाउन समस्या भइरहेको भन्दै मन्त्री यादवले मधेशको शिक्षामा देखिएको विकृति हटाउन सरकार नयाँ सोचको साथ अगाडि बढने प्रस्ट्याउनुभयो ।

प्रदेश सभा सदस्य राजेन्द्रप्रसाद चौधरीले सृजना पुस्तकालय २०३२ सालमा सञ्चालनमा ल्याएर पञ्चायती व्यवस्थाको विरोधमा जागरण ल्याएको भन्दै यस पुस्तकालयको व्यवस्था र अवस्था बुझेर प्रदेश सरकारले सहयोग गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

कार्यक्रममा डा. महादेव साहले पुस्तकालयको हिजो र आजको विषय, प्राध्यापक धरणीधर अधिकारीले प्रविधिको विषय र पशुपति माध्यमिक विद्यालयका पूर्वप्रधानाध्यापक विश्वनाथ मेहताले पठन संस्कृतिको विषयमा धारणा व्यक्त गरेको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]