२७ पुष २०८२, सोमबार
12-01-2026 , Mon
×

साक्षरता कार्यक्रम प्रभावकारी रूपमा सफल बनाउन शिक्षा मन्त्री यादवको आग्रह

Logo
न्यूज मधेश प्रकाशित आइतबार, भाद्र १७, २०८०

लहान । मधेश प्रदेशका शिक्षा तथा समाज कल्याणमन्त्री महेशप्रसाद यादवले प्रदेश सरकारले ल्याएको साक्षरता कार्यक्रम प्रभावकारी रूपमा सफल बनाउन आग्रह गरेका छ्न ।

१६ औँ पुस्तकालय दिवसका अवसरमा सिर्जना सामुदायिक पुस्तकालय, लहान–११, पडरियाले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो आग्रह गरेको हो ।

सुगम रहेको मधेश प्रदेशमा अहिले पनि निरक्षर रहेकाले सबैलाई साक्षर बनाउन मधेश सरकारले आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा बजेटको व्यवस्था गरेर साक्षरता कार्यक्रम अगाडि बढाएको उनले बताए। मन्त्री यादवले भने, “दलित, अति दलित डुम, मेस्तर र कुसहर समुदायका बालबालिका अहिले पनि विद्यालयबाहिर रहेकाले यस कार्यमा सामुदायिक पुस्तकालयहरूको पनि भूमिका देखिनुु आवश्यक छ ।”

पुस्तकालय धराशायी भइरहेको समयमा लहानका सिर्जना सामुदायिक पुस्तकालय टिकेकोमा प्रशंसा गर्दै उहाँले मधेश प्रदेशका पुस्तकालयहरूलाई पुनर्जागरण गर्न प्रदेशस्तरीय भेला बोलाएर कार्यव्रmम गरिने दृढता व्यक्त गरे । अहिलेसम्म सङ्घीय शिक्षा ऐन नआउँदा प्रदेशको शिक्षा ऐन बनाउन समस्या भइरहेको भन्दै मन्त्री यादवले मधेशको शिक्षामा देखिएको विकृति हटाउन सरकार नयाँ सोचको साथ अगाडि बढने प्रस्ट्याउनुभयो ।

प्रदेश सभा सदस्य राजेन्द्रप्रसाद चौधरीले सृजना पुस्तकालय २०३२ सालमा सञ्चालनमा ल्याएर पञ्चायती व्यवस्थाको विरोधमा जागरण ल्याएको भन्दै यस पुस्तकालयको व्यवस्था र अवस्था बुझेर प्रदेश सरकारले सहयोग गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

कार्यक्रममा डा. महादेव साहले पुस्तकालयको हिजो र आजको विषय, प्राध्यापक धरणीधर अधिकारीले प्रविधिको विषय र पशुपति माध्यमिक विद्यालयका पूर्वप्रधानाध्यापक विश्वनाथ मेहताले पठन संस्कृतिको विषयमा धारणा व्यक्त गरेको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]