२५ माघ २०८२, आइतबार
08-02-2026 , Sun
×

लोसपा नेता जयसवालको दादागिरीः आमा छोरालाई गरे निर्घात कुटपिट

Logo
न्यूज मधेश प्रकाशित सोमबार, भाद्र १८, २०८०

जनकपुरधाम । धनुषामा एक दलित समुदायकी आमा छोरालाई निर्घात कुटपीट गरि ज्यान मार्ने प्रयास गरेको आरोप लागेको छ ।

सबैला नगरपालिका–३ कि कोशिल्या देवी दास र २१ वर्षीय भरोषी दासलाई निर्घात कुटपीट गरि घाइते बनाइको हो । कोशिल्या र भरोसी आमा–छोरा हुन् । घाइतेहरूको उपचार जनकपुरस्थित गोल्डेन अस्पतालमा भइरहेको छ ।

लोसपाका नेता रामचन्द्र जयसवाल ’भठ्ठीबला’ले उनीहरुलाई कुटपीट गरि ज्यान मार्ने प्रयास गरेको आरोप लगाइएको छ । आरोपित जयसवाल लोसपबाट सबैला नगरपलिकामा मेयरका प्रत्यासी थिए ।

भदौ १५ गते राति ९ बजेतिर जयसवालको मदिरा भठ्ठीमा काम गर्ने श्याम यादव, विन्दी यादव, जोगिन्द्र दास लगायत ७÷८ जनाको समुहले रामचन्द्र जयसवालको नेतृत्वमा साँघातिक आक्रमण गरेको पीडित पक्षले बताएको छ ।

मिटरब्याजीको आरोप लागेको जयसवालसँग छोरीको विवाह गर्नका लागि दासले ५ लाख ऋण लिएकोमा दुइ वर्षमा ५ लाख फिर्ता गरेपनि विपक्षी जयसवालले पुन ७ लाखको तमसुक बनाएको पीडितले बताईन । सोही ऋृण तिर्न हाल घर बनाएर बसिरहेको घडेरी बेचेर ऋण पनि तिर्ने र सबैलामै अर्को ठाउँमा सस्तोमा जग्गा खरिद गरि घर बनाएर बस्ने योजनामा रहेको कौसिलया देवीलाई सो जग्गा आफुलाई ऋणको वापत दिन केही दिन देखि जयसवालले दबाब दिइरहेको बताइन् ।

जयसवाललाई सो जग्गा कुनै पनि हालतमा दिन तयार नरहेको कौसिलयाको छोरा भरोषी र आरोपित जयसवालको सबैला बजारमै जयसवालसँग भनाभन भएको थियो । जयसवालको योजनामा आफ्नै मदिरा भठ्ठीमा काम गर्ने श्याम यादव, विन्दी यादव, जोगिन्द्र दास र अन्य तीन जना समेत गरि ७÷८ जनाको समुहले कौसिलयाको छोरा भरोषीलाई घरबाट तानेर सडकमा लगि निर्घाट कुटपिट गरिरहदा मुख र नाकबाट रगत बगेर बेहोस भएको अवस्थामा छोरालाई बचाउन पुगेकी कौसिलयालाई लोसपा नेता समेत रहेका भठ्ठीबला जयसवालले लात खुट्टाले तल्लो पेटमा प्रहार गर्दा कौसिलयाको संवेदनशील अंगमा गम्भीर चोट लागि रक्तस्राव सुरु भएपछि गाउँलेको सहयोगमा उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र सबैलामा पठाइएको थियो । तर त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि जनकपुर पठाइयो ।

घटनाको तीन दिन बितिसक्दा पनि घटनास्थलबाट पाँच सय मिटरको दुरीमा रहेको इलाका प्रहरी कार्यालयका प्रहरी मुखदर्शक बनेका छन् ।

उक्त कुटपिटको विषयमा आफुहरुलाई केही जानकारी नभएको ईलाका प्रहरी कार्यालय सबैलाका सई सुनकाजी तामांग बताउँछन् । जबकी कुटपिट हुँदाको असई धर्मानन्द मण्डल त्यही रहेको पीडित पक्षको भनाइ छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]