१७ चैत्र २०८२, बुधबार
01-04-2026 , Wed
×

धनुषाको महेन्द्रनगर आउँदै डा.सीके राउत

Logo
न्यूज मधेश प्रकाशित सोमबार, भाद्र १८, २०८०

जनकपुरधाम । जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउत भोलि मंगलबार धनुषाको क्षिरेश्वरनाथ नगरपालिका महेन्द्रनगर आउन लागेका छन् ।

महेन्द्रनगरस्थित डिहवार थान तरकारी बजारमा आयोजना हुन लागेको वृहत् पार्टी प्रवेश तथा आमसभा कार्यक्रमलाई सम्बोधन गर्न अध्यक्ष डा.राउत आउन लागेका हुन।

जनमत पार्टी धनुषाले आयोजना गरेको वृहत् पार्टी प्रवेश आमसभा कार्यक्रम भोलि १ बजेदेखि सुरु हुने जनमत पार्टीका भातृ संगठन विद्यार्थी जनमत संघ जिल्ला अध्यक्ष बिरेन्द्र यादवले जानकारी दिए।

अध्यक्ष डा.सीके राउत आफैं आउने भएपछी सयौंको संख्यामा विभिन्न पार्टीका नेताकार्यकर्ताहरुले पार्टी प्रवेश गर्ने नेता यादवले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]