२८ आषाढ २०८२, आइतबार
13-07-2025 , Sun
×

सप्तरीको एक विद्यालयमा कक्षा ८ मा पढने ५६ जना विद्यार्थीलाई साइकल वितरण

Logo
प्रकाशित शुक्रबार, भाद्र २०, २०७६

देवराम यादव,राजविराज।बेटी बचाऊ बेटी पढाऔं अभियान अन्तर्गत सप्तरीको महादेवा गाउँपालिका स्थित रहेका नर वहादुर थापा जनता उच्च माध्यमिक विद्यालय पकरी गोठ सोनरामा आयोजित कार्यक्रममा शुक्रबार साइकल वितरण गरिएको छ ।

शुक्रवार विद्यालय प्राङ्गणमा आयोजित एक समारोह बिच प्रदेश २ का प्रदेश सभा सदस्य मनिस कुमार सुमनले कक्षा ८ मा पढने ५६ जना विपन्न छात्रालाई साइकल वितरण गरेका हुन् ।
साइकल खरिद गर्न असमर्थ विपन्न छात्रालाई पढाईमा सहजता प्रदान गर्न साइकल वितरण गरिएको बताउँनु हुदै प्रदेश सभा सदस्य सुमनले यसको सदुपयोग गर्दै नियमित विद्यालय जान छात्राहरुलाई आग्रह पनि गर्नु भयो ।
छोरा छोरीमा भेदभाव गर्न तथा समाजिक विकृति अन्त्य गर्न पनि समाजमा छोरीहरुलाई शिक्षित हुनुपर्ने आवश्यकता औल्याउँदै उहाँले हरेक बालबालिकालाई शिक्षा दिनु सरकारको कर्तव्य रहेको उल्लेख गर्नु भयो ।
समाजमा महिला प्रति हुँदै आएको विभेद र हिंसालाई न्यूनिकरण गर्न तथा सकारात्मक परिवर्तनका लागि प्रदेश २ सरकारले बेटी बचाऊ बेटी पढाऔं अभियान ल्याएको भन्नु हुदै उहाँले छोरीहरुलाई पनि नियमित विद्यालय पठाउन अभिभावकहरु सँग पनि आग्रह गर्नु भयो ।

प्रदेश सभा सदस्य सुमनले शैक्षिक रूपमा पछाडि परेका महिलाहरूकोलागि मुख्यमन्त्रीले ल्याएका जनप्रिय योजनाहरू छोरी शिक्षा विमा जस्ता योजनाहरूले छोरी सशक्तिकरणमा मद्दत पु¥याउने बताउनु भयो । प्रदेश सरकारले छोरीहरुलाई शिक्षित मात्र नभई रोजगारीको सुनिश्चितता दिलाउने समेत विश्वास व्यक्त गर्नु भयो ।
कार्यक्रमका अतिथि महादेवा गाउँपालिकाका अध्यक्ष दिपक कुमार यादव, महादेवा गापा वडा नम्वर १ का अध्यक्ष जयश्वर किशोर दास , विद्यालय व्यवस्थापन समितिका अध्यक्ष महेन्द्र यादव, विद्यालयका प्रधानाध्यापक प्रदिप चौधरी , राजपा नेता सुकदेव यादव, लगायतका वक्ताले कार्यक्रमको प्रशंसा गर्दै सरकारको अभियानमा हातेमालो गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]