०३ चैत्र २०८२, बुधबार
18-03-2026 , Wed
×

सप्तरीको एक विद्यालयमा कक्षा ८ मा पढने ५६ जना विद्यार्थीलाई साइकल वितरण

Logo
प्रकाशित शुक्रबार, भाद्र २०, २०७६

देवराम यादव,राजविराज।बेटी बचाऊ बेटी पढाऔं अभियान अन्तर्गत सप्तरीको महादेवा गाउँपालिका स्थित रहेका नर वहादुर थापा जनता उच्च माध्यमिक विद्यालय पकरी गोठ सोनरामा आयोजित कार्यक्रममा शुक्रबार साइकल वितरण गरिएको छ ।

शुक्रवार विद्यालय प्राङ्गणमा आयोजित एक समारोह बिच प्रदेश २ का प्रदेश सभा सदस्य मनिस कुमार सुमनले कक्षा ८ मा पढने ५६ जना विपन्न छात्रालाई साइकल वितरण गरेका हुन् ।
साइकल खरिद गर्न असमर्थ विपन्न छात्रालाई पढाईमा सहजता प्रदान गर्न साइकल वितरण गरिएको बताउँनु हुदै प्रदेश सभा सदस्य सुमनले यसको सदुपयोग गर्दै नियमित विद्यालय जान छात्राहरुलाई आग्रह पनि गर्नु भयो ।
छोरा छोरीमा भेदभाव गर्न तथा समाजिक विकृति अन्त्य गर्न पनि समाजमा छोरीहरुलाई शिक्षित हुनुपर्ने आवश्यकता औल्याउँदै उहाँले हरेक बालबालिकालाई शिक्षा दिनु सरकारको कर्तव्य रहेको उल्लेख गर्नु भयो ।
समाजमा महिला प्रति हुँदै आएको विभेद र हिंसालाई न्यूनिकरण गर्न तथा सकारात्मक परिवर्तनका लागि प्रदेश २ सरकारले बेटी बचाऊ बेटी पढाऔं अभियान ल्याएको भन्नु हुदै उहाँले छोरीहरुलाई पनि नियमित विद्यालय पठाउन अभिभावकहरु सँग पनि आग्रह गर्नु भयो ।

प्रदेश सभा सदस्य सुमनले शैक्षिक रूपमा पछाडि परेका महिलाहरूकोलागि मुख्यमन्त्रीले ल्याएका जनप्रिय योजनाहरू छोरी शिक्षा विमा जस्ता योजनाहरूले छोरी सशक्तिकरणमा मद्दत पु¥याउने बताउनु भयो । प्रदेश सरकारले छोरीहरुलाई शिक्षित मात्र नभई रोजगारीको सुनिश्चितता दिलाउने समेत विश्वास व्यक्त गर्नु भयो ।
कार्यक्रमका अतिथि महादेवा गाउँपालिकाका अध्यक्ष दिपक कुमार यादव, महादेवा गापा वडा नम्वर १ का अध्यक्ष जयश्वर किशोर दास , विद्यालय व्यवस्थापन समितिका अध्यक्ष महेन्द्र यादव, विद्यालयका प्रधानाध्यापक प्रदिप चौधरी , राजपा नेता सुकदेव यादव, लगायतका वक्ताले कार्यक्रमको प्रशंसा गर्दै सरकारको अभियानमा हातेमालो गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]