
जनकपुरधाम । मधेश प्रदेशका राजधानी जनकपुरधाम रहेको भगवान कृष्णको मन्दिरमा यादव समुदायका युवाहरुले सरसफाइ तथा वृक्षरोपण गरिएको छ।
बुधबार बिहान जनकपुरधाम उपमहानगरपालिका वडा नं.४ स्थित रहेको कृष्ण मन्दिरमा वरिपरी यादव युवाहरुको समूहले वृक्षारोपण गरेको हो ।
जनकपुरधाममा प्रसिद्ध मन्दिरको रुपमा स्थापित भगवान कृष्णको मन्दिरलाई सौन्दर्यीकरणको हिसाबले समेत युवाहरुको एक समूहले बुधबार कृष्णाष्टमीको अवसर पारेर वृक्षारोपण गरेको हो ।
कृष्णाष्टमीमा सो मन्दिरमा भव्य मेला लाग्ने गरेकोले मन्दिरको वरिपरी पूर्ण सफाई समेत गरेका हुन् । युवाहरुको समूहले मन्दिरको चौतर्फी वृहत सरसफाइमा सरिक रहेको पुरुशोतम यादवले बताए ।