०१ चैत्र २०८२, सोमबार
16-03-2026 , Mon
×

महोत्तरीमा नेपाल सेनाको गणभित्र एक महिला मृत अवस्थामा फेला

Logo
प्रकाशित शनिबार, भाद्र २१, २०७६

जलेश्वर । महोत्तरीको बर्दिवास नगरपालिकामा एक महिलाको बेवारिस अवस्थामा शव फेला परेको छ।बर्दिवास नगरपालिका वडा नं. ८ स्थित बिजय बस्ती टोलमा रहेको नेपाली सेनाको मध्य पुर्वी पृतनाको काली सिद्घि गणभित्र शनिवार एक महिलाको बेवारिस अवस्थामा शव फेला परेको हो।

मृतक महिलाको पहिचान खुल्न सकेका छैन् । अन्दाजी ३५ बर्षिकी ति महिलाको शरीरका बिभिन्न भागमा चोट लागेको देखिन्छ । रत्तश्राव समेत भएको अवस्थामा महिलाको शव शनिवार बिहानै नेपाली सेनाको टोली मोर्निङ वाक जाने क्रममा देखेको थियो।

सेनाले प्रहरीलाई खवर गरेपछि घटना स्थल पुगेर अनुसन्धान सुरु गरिएको बर्दिवास प्रहरीका प्रहरी निरीक्षक असोक कुमार शाहले जानकारी दिए । चोटपटक लागेको देखिएकाले हत्याको आशंका गरिएको छ।शव शंकास्पद हुन सक्ने भएकाले घटनाको अनुसन्धान भैरहेको उनले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]