२१ साउन २०८२, बुधबार
06-08-2025 , Wed
×

सकारात्मक सोचका साथ अगाडि बढे मात्रै विकास सम्भव हुने :शिक्षा मन्त्री यादव

Logo
न्यूज मधेश प्रकाशित शुक्रबार, भाद्र २२, २०८०

वीरगञ्ज ।मधेश सरकारका शिक्षा तथा समाज कल्याण मन्त्री महेश प्रसाद यादवले सकारात्मक सोचका साथ अगाडि बढे मात्रै विकास सम्भव हुने बताएका छ्न।

शुक्रवार वीरगञ्जमा रहेको मधेस विश्वविद्यालयको प्रथम बार्षिकोत्सव कार्यक्रमको उद्घाटन गर्दै शिक्षा मन्त्री यादव यस्तो बताएका हुन। जब सम्म सकारात्मक सोचका साथ अगाडि बढेपछि मात्रै विकास सम्भव रहने उनले भने।

मधेस पछाडि पर्नुको मुख्य कारण शिक्षा नै रहेकोले शिक्षाको विकासका लागि विश्वविद्यालय स्थापना एउटा कोशोढुंगा सावित हुने विश्वास व्यक्त गरेका छन् । मधेश विश्वविद्यालयले नै मधेशको मुहार फेर्ने पनि उनको धारणा छ । विश्वविद्यालय स्थापनाले मधेसको महत्वलाई थप स्थापित गरेको भन्दै यसलाई सबैले सकारात्मक सोचका साथ लिएमा मात्रै समग्र विकास हुन सक्ने धारणाा यादवले राखेका छन् ।

विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर दीपक शाक्यले मधेशकै संस्कृती र पहिचानलाई पाठ्यक्रम बनाई अध्यापन गराइने बताए । यही शैक्षिक सत्रदेखि २ वटा संकायको पठनपाठन सुरु गर्ने तयारी अन्तिम चरणमा रहेको पनि उनले जानकारी गराए । साथै मधेश विश्वविद्यालयलाई लिएर विद्यार्थीदेखि यस भेगका शिक्षाकर्मीहरु पनि उत्साहित रहेको शाक्यको भनाई छ ।

कार्यक्रममा प्रदेशका मन्त्रीहरु, प्रदेश सांसदहरु, नगरपालिका, गाउँपालिकाका प्रमुख, अध्यक्ष, राजनीतिक दलका अध्यक्ष तथा प्रतिनिधिहरुको पनि उपस्थिति रहेको थियो । विश्वविद्यालयका रजिष्टार डाक्टर विजय यादवले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रममा कार्यक्रममा डिन डाक्टर मान बहादुर विकले विश्व विद्यालयले गरिरहेका गतिविधिहरुको बारेमा प्रकाश पारेका थिए ।

यसअघि विश्वविद्यालयले बहुदरामाई नगरपालिका वडा नम्बर २ मा रहेको जग्गामा वृक्षरोपण गर्नुका साथै निशुल्क बृहत स्वास्थ्य शिविरको पनि आयोजना गरेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]