२५ माघ २०८२, आइतबार
08-02-2026 , Sun
×

आरकेस्ट्रा नल्याएको झोँकमा आयोजकको ज्यान लिने प्रयास

Logo
न्यूज मधेश प्रकाशित शनिबार, भाद्र २३, २०८०

जनकपुरधाम ।मेलामा आफूहरुले भनेको आरकेस्ट्रा नाच नल्याएको भन्दै धनुषामा कृष्णाष्ठमी मेला आयोजक समितिमाथि ज्यान मार्ने प्रयास भएको छ ।

धनुषाको कमला नगरपालिका-१ मंगराहास्थित व्यक्तिगत रूपमा आयोजना गरिएको कृष्णाष्ठमी मेलामा ओरकेष्ट्रा नाच ननचाएको भन्दै आयोजकमाथि ज्यान मार्ने प्रयास गरिएको हो ।

शुक्रबार राति करिब १० बजेतिर मेलाका लागि डिजेल लिएर फर्किरहेका केही युवाहरुले बीच बाटोमा रोकेर ज्यान मार्ने प्रयास गरेको धनुषा प्रहरीले जनाएको छ ।

डिजेल लिएर फर्किरहेका आयोजक समितिका तीनजना युवाहरूलाई कमला नगरपालिकाको मंगराहा र नरहा टोलको बीचमा टाउको, आँखा तथा अनुहारमा निर्घात कुटपीट गरि घाइते बनाइएको छ । निर्घात कुटपीटबाट घाइते हुनेहरुमा मेला आयोजक समितिको तर्फबाट रहेका सिरहाका रबिन्द्र राम, सिरहा थलहाकै दिपेन्द्र यादव र कमला नगरपालिका वडा नं. ३ लगमाका लभ कुमार महरा रहेका छन् । उनीहरूलाई ज्यान मार्ने उद्देश्यले नै कुटपिट गरिएको घाइतेहरुले बताएका छन् ।

घाइते तीनै जनाको प्रादेशिक अस्पताल जनकपुरधाममा उपचार भइरहेको छ । आक्रमणमा परेकाहरुको मामा राम पुकार महराको घरमा मेला महोत्सवको व्यवस्थापनमा खटेका थिए । उनीहरुको साथबाट आक्रमणकारीहरुले स १० प ६२७६ नम्बरको पल्सर मोटरसाइकल सहित उनीहरूको साथमा रहेका दुई थान मोबाइल, २५ हजार रुपैया नगद लगायतका सामान लुटेर भागेको घाइतेहरुले बताएका छन् ।

कृष्णाष्ठमी मेलामा आरकेष्ट्रा नचाउने कुरा भएपनि आरकेष्ट्रा ननचाएको भन्दै लगमाका केही युवाहरुसँग नाच कार्यक्रमको बेला नै भनाभन भएको थियो । रातिमा नाच गराउनको लागि विद्युत कटन सक्ने भन्दै जेनेरेटरको लागि डिजेल ल्याउन जाँदा उनीहरुलाई ती युवाहरूलाई पिछा गरेको घाइतेहरुले बताए ।

सुरुमा लगमा बजारस्थित रहेको पेट्रोल पम्पमा डिजेल ल्याउन जाँदा त्यहाँ नभेटेपछि कमला नगरपालिका-६ मडानस्थित रहेको पेट्रोल पम्पबाट डिजेल लिएर मंगराहातर्फ जाँदै गर्दा मंगराहा र नरहाकोबीचमा रोकेर ज्यान मार्ने प्रयास गरिएको हो ।

घाइते लभ कुमार महराले सोही ठाउँ बस्ने अनु यादवको छोरा अन्दाजी १८ वर्षको बिजय यादव सहित ५–६  जना मिलेर ज्यान मार्ने प्रयास गरेको बताएको छन् । उनीहरुसँग साँझ भनाभन भएको थियो ।

तीनै जनालाई फाईटर र फलामे हतियारले प्रहार गरेको देखिएको छ । टाउकोमा गम्भिर चोट लागेको एक जनाको अवस्था गम्भिर रहेको छ ।

ईलाका प्रहरी कार्यालय खजुरीले पीडितको बयानको आधारमा अहिले दुई जनालाई पक्राउ गरी अनुसन्धान सुरु गरेको बताएको छ । घटनामा तीन जना फरार रहेको बताईएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]