१६ कार्तिक २०८२, आइतबार
02-11-2025 , Sun
×

रौतहटमा डेंगुका बिरामी बढे

Logo
न्यूज मधेश प्रकाशित शनिबार, भाद्र २३, २०८०

चन्द्रनिगाहपुर । रौतहटमा डेंगुका बिरामी बढेका छन्। जिल्लाको चन्द्रपुर नगरक्षेत्रमा डेंगुका बिरामीको संख्या बढेको छ।

स्थानीयले चन्द्रपुर नगरपालिकाले लामखुट्टे विरुद्धको औषधि समयमा नछर्किएका कारण डेंगुका बिरामीको संख्या बढेको चिकित्सकहरू बताउँछन्।

चन्द्रनिगाहपुर सरकारी अस्पतालमा गत एक सातामा १२ जना डेंगुका बिरामी फेला परेको प्रमुख डाक्टर अभिनन्दन श्रीवास्तवले बताएका छन्। यो संख्या बढ्दै जान सक्ने उनले बताए।

यता चन्द्रनिगाहपुरमा रहेको सिम्स अस्पताल प्रालिमा पनि एक सातामा २० जनाभन्दा बढीमा डेंगु रोग देखा परेको छ। सिम्स अस्पतालका डाक्टर रामकिशोर साहका अनुसार एक सातामा सामान्य ज्वरो आएर चेक गराउन आउनेहरूको परीक्षणका क्रममा डेंगु रोग फेला परेको हो।

चन्द्रनिगाहपुरमा रहेका अन्य निजी अस्पतालमा समेत डेंगु रोगका बिरामी फेला परेका छन्। डाक्टरहरूका अनुसार लामखुट्टेको टोकाइबाट सर्ने यो रोग महामारीको रूपमा यस क्षेत्रमा देखा पर्ने अवस्था रहेको छ।

चन्द्रपुर नगरपालिकाले लामखुट्टे मार्ने औषधि समयमा नछरेका कारण डेंगु रोगका बिरामी बढ्दै जान थालेको स्थानीय बासिन्दा भरत आचार्यले बताए। एउटा मान्छेलाई टोकेको लामखुट्टेले अर्को मान्छेलाई टोकेमा डेंगु सर्ने स्वास्थ्यकर्मीको भनाइ रहेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]