१७ चैत्र २०८२, बुधबार
01-04-2026 , Wed
×

सुन तस्करीमा भन्सार कर्मचारीको सेटिङ,थप तीन पक्राउ

Logo
न्यूज मधेश प्रकाशित शनिबार, भाद्र २३, २०८०

काठमाडौं । करिब ६० किलो सुन तस्करीमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयका कर्मचारीसँग सुन तस्करको सेटिङ पुष्टि भएको छ । अनुसन्धानको क्रममा तस्करलाई सघाएको खुलेपछि प्रहरीले थप तीन भन्सार कर्मचारीलाई पक्राउ गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआइबी)ले शुक्रबार भन्सार अधिकृत पुष्पा जोशी तथा नायब सुब्बाहरू कमल परियार र वीरेन्द्र नेपालीलाई पक्राउ गरेको हो । यसअघि पक्राउ परेका कर्मचारी तथा बिचौलियामाथिको अनुसन्धानमा उनीहरुको पनि संलग्नता पुष्टि भएको हो । भन्सारका थप कर्मचारी पक्राउ परेसँगै यस प्रकरणमा पक्राउ पर्नेको संख्या ३० पुगेको प्रहरी प्रवक्ता डिआइजी कुबेर कडायतले बताए । यसअघि भन्सारका चार कर्मचारीलाई सिआइबीले पक्राउ गरिसकेको छ ।

भन्सारबाट बाहिरिएको करिब ६० किलो सुन गत २ साउनमा राजश्व अनुसन्धान विभागले बरामद गरेको थियो । विभागले करिब तीन सातापछि अनुसन्धानको जिम्मा सिआइबीलाई दिएकोमा सिआइबीले संगठित अपराध सम्बन्धि कसुरमा अनुसन्धान गरिरहेको छ ।

हङकङबाट ल्याइएको ब्रेक शु लगायत सामानभित्र लुकाएर सुन तस्करी भएको थियो । भन्सारको जाँचमा शंकास्पद देखिएपछि ती सामान पुन जाँच गर्नका लागि लेख्दा पनि कर्मचारीले जाँच नगरी पास गरेका थिए । जस आधारमा यसमा भन्सारका कर्मचारीको सेटिङ देखिएको हो । यसमा भन्सार एजेन्टहरु समेत पक्राउ परेका छन् ।

सुन तस्करीमा चिनियाँ बाहेकको गिरोहको संलग्नता खुल्न सकेको छैन । चिनियाँ गिरोहलाई नेपालमा सघाउने किशोर बस्नेत मुख्य व्यक्ति हुन् । उनले नै भन्सारमा सेटिङ मिलाएको प्रहरी स्रोत बताउँछ । बस्नेतलाई प्रहरीले भारतबाट पक्राउ गरी ल्याएको हो ।

यस प्रकरणमा सिआइबीले एक साताभित्र अनुसन्धान सकाएर जिल्ला सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाउने तयारी गरेको छ । संगठित अपराध निवारण ऐन २०७० अनुसार यस्तो मुद्दामा ६० दिनसम्म मात्र थुनामा राखेर अनुसन्धान गर्न पाइन्छ । जसअनुसार आगामी ३० भदौभित्र मुद्दा दर्ता गरिसक्नुपर्ने हुन्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]