२६ कार्तिक २०८२, बुधबार
12-11-2025 , Wed
×

सुन तस्करीमा भन्सार कर्मचारीको सेटिङ,थप तीन पक्राउ

Logo
न्यूज मधेश प्रकाशित शनिबार, भाद्र २३, २०८०

काठमाडौं । करिब ६० किलो सुन तस्करीमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयका कर्मचारीसँग सुन तस्करको सेटिङ पुष्टि भएको छ । अनुसन्धानको क्रममा तस्करलाई सघाएको खुलेपछि प्रहरीले थप तीन भन्सार कर्मचारीलाई पक्राउ गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआइबी)ले शुक्रबार भन्सार अधिकृत पुष्पा जोशी तथा नायब सुब्बाहरू कमल परियार र वीरेन्द्र नेपालीलाई पक्राउ गरेको हो । यसअघि पक्राउ परेका कर्मचारी तथा बिचौलियामाथिको अनुसन्धानमा उनीहरुको पनि संलग्नता पुष्टि भएको हो । भन्सारका थप कर्मचारी पक्राउ परेसँगै यस प्रकरणमा पक्राउ पर्नेको संख्या ३० पुगेको प्रहरी प्रवक्ता डिआइजी कुबेर कडायतले बताए । यसअघि भन्सारका चार कर्मचारीलाई सिआइबीले पक्राउ गरिसकेको छ ।

भन्सारबाट बाहिरिएको करिब ६० किलो सुन गत २ साउनमा राजश्व अनुसन्धान विभागले बरामद गरेको थियो । विभागले करिब तीन सातापछि अनुसन्धानको जिम्मा सिआइबीलाई दिएकोमा सिआइबीले संगठित अपराध सम्बन्धि कसुरमा अनुसन्धान गरिरहेको छ ।

हङकङबाट ल्याइएको ब्रेक शु लगायत सामानभित्र लुकाएर सुन तस्करी भएको थियो । भन्सारको जाँचमा शंकास्पद देखिएपछि ती सामान पुन जाँच गर्नका लागि लेख्दा पनि कर्मचारीले जाँच नगरी पास गरेका थिए । जस आधारमा यसमा भन्सारका कर्मचारीको सेटिङ देखिएको हो । यसमा भन्सार एजेन्टहरु समेत पक्राउ परेका छन् ।

सुन तस्करीमा चिनियाँ बाहेकको गिरोहको संलग्नता खुल्न सकेको छैन । चिनियाँ गिरोहलाई नेपालमा सघाउने किशोर बस्नेत मुख्य व्यक्ति हुन् । उनले नै भन्सारमा सेटिङ मिलाएको प्रहरी स्रोत बताउँछ । बस्नेतलाई प्रहरीले भारतबाट पक्राउ गरी ल्याएको हो ।

यस प्रकरणमा सिआइबीले एक साताभित्र अनुसन्धान सकाएर जिल्ला सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाउने तयारी गरेको छ । संगठित अपराध निवारण ऐन २०७० अनुसार यस्तो मुद्दामा ६० दिनसम्म मात्र थुनामा राखेर अनुसन्धान गर्न पाइन्छ । जसअनुसार आगामी ३० भदौभित्र मुद्दा दर्ता गरिसक्नुपर्ने हुन्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]