१५ बैशाख २०८१, शनिबार
27-04-2024 , Sat
×

सर्लाहीमा भाइरल ज्वरोका बिरामी बढे

Logo
न्यूज मधेश प्रकाशित शनिबार, भाद्र २३, २०८०

सर्लाही । सर्लाहीमा केही दिनदेखि भाइरल ज्वरोका बिरामी बढेका छन्।जिल्लाका प्रत्येकजसो स्वास्थ्य संस्थामा भाइरल ज्वरोका बिरामी बढ्न थालेका हुन्। निरन्तर एक साता पानी परेर मौसममा परिवर्तन आएपछि जिल्लाभर भाइरल ज्वरोको संक्रमण तीव्र रूपमा फैलिएको हो।

बरहथवा नगरपालिकाका स्वास्थ्य संयोजक, सत्यनारायण यादवले हिजोआज उपचारका लागि आउने बिरामीमध्ये अधिकांश भाइरल फिभर (सरुवा ज्वरो) का बिरामी हुने गरेको बताए। त्यस्ता बिरामीमा घाँटी दुख्ने, कमजोरी महसुस हुने, उच्च ज्वरो आउनेजस्ता लक्षण देखिने गरेको यादवले बताएका छन्।

उनका अनुसार भाइरल ज्वरोसँगै अन्य समयभन्दा अहिले डेंगु र जन्डिसका बिरामी पनि आउने गरेको बताए।

जिल्लाको उत्तरी भेगका बरहथवा, लालबन्दी, नवलपुर, हरिवन, बागमतीलगायत स्थानका निजी तथा सरकारी स्वास्थ्य संस्थामा दैनिक २५ देखि ३० जनासम्म भाइरल ज्वरोका बिरामी उपचारका लागि पुग्ने गरेका छन्। अन्य ठाउँको तुलनामा बरहथवा, नवलपुर, हरिवनका निजी स्वास्थ्य संस्थामा बिरामीको चाप बढी देखिन्छ।

प्रादेशिक अस्पताल मलंगवाका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर नवलकिशोर झाले भाइरल फिभर ह्वात्तै बढेको बताए। यसको विवरण भने आउन बाँकी रहेको बताए। डाक्टर झाका अनुसार जिल्लाभर डेंगुका बिरामी पनि बढिरहेका छन्।

स्वास्थ्य कार्यालय मलंगवाका अनुसार जिल्लाभर डेंगुका ६१ जना संक्रमित छन्। चिकित्सकले डेंगु तथा भाइरल ज्वरोबाट बच्न घर वरपर लामखुट्टे बस्ने नपाउने गरी सरसफाइ गर्न, संक्रमित व्यक्ति अन्य व्यक्तिबाट टाढै बस्न, पोसिलो खानेकुरा खान, चर्को घाम लागेका वेला सकेसम्म घरभित्रै बस्न र स्वास्थ्य सावधानीका अन्य उपाय अपनाउन आग्रह गरेका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री गोविन्दबहादुर न्यौपानेले मधेशमा रहेका मुक्त हरवाचरवाहरूलाई उद्यमशील बनाउने नीति तथा कार्यक्रम आवश्यक रहेका बताउनुभएको छ । राष्ट्रिय हरवाचरवा अधिकार मञ्चको तेस्रो राष्ट्रिय सम्मेलनको शुक्रबार जनकपुरधाममा उद्घाटन गर्नुहुँदै मन्त्री न्यौपानेले हरवाचरवाको आवश्यकता पहिचान गरी दीर्घकालीन समस्या समाधान हुने गरी उद्यमशीलतामा जोड दिनुपर्ने बताउनुभयो । “तपाईहरूले मुक्त […]

जनकपुरधाम । नेपाल विद्यार्थी संघले विद्यालय शिक्षाको गुणस्तर अभिवृद्धिको माग गर्दै धनुषासहित देशभरका स्थानीय तहमा ज्ञापन पत्र बुझाएको छ । आफ्नो ५५ औँ स्थापना दिवसमा नेविसंघले नेपालको आधारभूत र माध्यमिक तहसम्मको शिक्षाको गुणस्तर अभिवृद्धिको माग र सुधारका सुझाव सहितको ज्ञापन पत्र देशभरका स्थानीय तहमा बुझाएको हो । सो क्रममा धनुषाको कमला नगरपालिकामा नेविसंघका केन्द्रीय सदस्य […]

जनकपुरधाम । मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिन डाकिएको मधेश प्रदेशसभा बैठकमा सत्तापक्ष र प्रतिपक्षी दलका सांसदहरुबीच चर्काचर्की भएको छ । सभामुख रामचन्द्र मण्डलले प्रदेशसभा बैठक सुरु गरेलगत्तै जनमत पार्टीका सांसदहरुले उठेर विरोध जनाए । सो क्रममा एमालेका सांसद दीपेन्द्र ठाकुर र जनमतका सांसद चन्दन सिंहबीच चर्काचर्की भएको हो । जनमतका सांसद सिंहले माघ ८ […]