०८ फाल्गुण २०८२, शनिबार
21-02-2026 , Sat
×

पैदल यात्रीलाई बचाउने क्रममा एम्बुलेन्स पल्टिदाँ एकको मृत्यु, चार जना गम्भीर घाइते

Logo
प्रकाशित शनिबार, भाद्र २१, २०७६

महोत्तरी । पैदल यात्रीलाई बचाउने क्रममा एम्बुलेन्स पल्टिदाँ महोत्तरीको बर्दिवासमा एक जनाको ज्यान गएको छ। शनिवार साँझ बर्दिबास वडा नं.४ मा भएको सो दुर्घटनामा भने चार जना गम्भीर घाइते भएको छ। मृत्यु हुनेमा एम्बुलेन्समा सवार स्थानीय ५० बर्षीय तारा बादीको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दिबास महोत्तरीका इन्स्पेक्टर प्रकाशबहादुर सिंहले जानकारी दिएको छ।

प्रहरीका अनुसार दुर्घटनामा बर्दिबासका एम्बुलेन्स चालक चित्रबहादुर बुढाथोकी, मृतकका छोरा उवेश वादी, छोरी गंगा वादी घइते भएका छन् ।

पैदल यात्री धनुषाको मिथिला नगरपालिका वडा नं.४ का रोशा बराइली पनि घाइते भएका हुन । उनको दाहिने खुट्टा भाँचिएको छ । घाइतेको उपचार बर्दिबासस्थित शुभ स्वस्तिक हस्पिटलमा भइरहेको छ ।

घरायसी झगडामा उवेश लगायतका घाइते भएकाहरुलाई लिएर एम्बुलेन्स अस्पताल जादै थिए । झगडाका घाइतेहरुलाई एम्बुलेन्सबाट पु¥याउन लादैं गर्दा एम्बुलेन्स दुर्घटनामा परेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]