२० साउन २०८२, मंगलबार
05-08-2025 , Tue
×

सांस्कृतिक जनमत संघ जिम्मेवारी पए संतोष राज

Logo
न्यूज मधेश प्रकाशित सोमबार, भाद्र २५, २०८०

काठमाडौं । जनमत पार्टीले सांस्कृतिक जनमत संघको केन्द्रिय संयोजक समिति घोषणा गरिएको छ।

सोमबार काठमाडौंको बानेश्वरस्थित सिद्धार्थ फुडल्याण्डमा आयोजित एक कार्यक्रमबीच जनमत पार्टीले सांस्कृतिक जनमत संघको केन्द्रिय समिति घोषणा गरेका हुन। संतोष  राज सहनीलाई केन्द्रिय संयोजकको जिम्मेवारी दिएको हो।

त्यसैगरी सहसंयोजकमा सेलिना कुँवर,सचिन पटेल,अरुण कान्त यादव , सचीवमा बन्दे प्रसाद साह ,सहसचिवमा नितु पटेल,बिमल साह,राम नरेश सहनी रहेको छ।भने कोषाध्यक्षमा तनुजा चौरसिया रहेकी छिन् ।

जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउतको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो।सो कार्यक्रममा जनमत पार्टीका राष्ट्रिय सचिव तथा मधेश प्रदेशका सांसद संजय यादव,पार्टीका कोषाध्यक्ष सुरेन्द्र नारायण यादव,राष्ट्रिय प्रवक्ता डा.शरद सिंह यादव,चिकित्सक जनमत संघका केन्द्रिय संयोजक डा.सीके सिंह,नेता आर के राउत र पार्टीकी महिला नेत्री सरिताश्री ज्ञवालीको उपस्थितसमेत रहेकी थिइन् ।

सो कार्यक्रम विभिन्न पार्टी परित्याग गरि सयौं जना नेताकार्यकर्ताहरुको र कलाकारहरु जनमत पार्टी प्रवेश गरेका हुन।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]