०७ कार्तिक २०८२, शुक्रबार
24-10-2025 , Fri
×

मिटर ब्याजीको अनौठो उजुरी : जग्गा किन्दा मिटर ब्याजीको उजुरी !

Logo
न्यूज मधेश प्रकाशित बुधबार, भाद्र २७, २०८०

जनकपुधाम । धनुषामा एकजनाले आफूमाथी अनौठो किसिमको मिटर ब्याजीको उजुरी परेको दाबी गरेका छन् । जनकपुरधाम उपमहानगरपालिका–१ का रामबाबु साहले आफूसँग कुनै प्रकारको आर्थिक लेनदेनको कारोबार नरहे पनि आफूमाथी मिटरब्याजीको उजुरी परेको आरोप लगाएका हुन् ।

साहले आफूमाथी जनकपुरधाम उपमहानगरपालिका–१८ की सावित्री गिरीले मिटरब्याजीको उजुरी दिएको आरोप लगाएका छन् । उनले गिरीसँग २०६५ भदौ ५ मा आफूले २५ लाख रुपैयाँमा घरजग्गा खरिद गरेको र अहिले आएर सोही विषयमा आफूमाथी मिटरब्याजको उजुरी दिएको आरोप लगाए । साहले गिरीसँग जग्गा खरिद गर्नुभन्दा अगाडी वा त्यसपछि आफ्नो कुनै प्रकारको आर्थिक लेनदेनको कारोबार नरहेको जिकिर गरे ।

उनले जग्गा २५ लाखमा खरिद गरेपनि १३ लाख ७० हजार २ सयको सरकारी मूल्यांकनमा जग्गा पास भएको बताए । जग्गा पास भएको केही दिनपछि गिरीले घर खाली गरेपछि आफूले नियमित रुपमा घरमा बास बसी भोगचलन गर्न थालेको साहले बताए ।

आफूहरु घरमा बास बस्न थालेको ६ महिनापछि २०६५ फागुन १३ मा आफ्नो ३ लाख ३० हजार रुपैयाँ बाँकी रहेको भनि गिरीले रेल्वे स्टेशन प्रहरी चौकीमा उजुरी दिएको साहले दाबी गरे । उजुरी पश्चात भद्रभलादमी तथा रोहबरमा छलफल हुँदा आफूले फेरी त्यो पैसा तिरेको उनले बताए । उक्त पैसा तिरिसकेपछि अब उपरान्त रामबाबुसँग कुनै प्रकारको बाँकी बक्यौता नरहेको कागज बनाइएको साहले बताए ।

पीडित साहले गिरीसँग आफ्नो कुनै आर्थिक कारोबार नरहेको र उनले बेचेको जग्गा आफूले किन्दा कसरी मिटर ब्याजी भएको प्रश्न गरे । उनले यदि यसरी कुनै व्यक्ति मिटर ब्याजी हुन्छ भने भोलीका दिन कोही कसैले कसैको जग्गा किन्दा सबै जग्गा किन्ने व्यक्ति मिटर ब्याजी हुने गुनासो गरे । यसमा आफू अन्यायमा परेकोले आफूले न्यायको लागि न्यायिक ढोका चहारिरहेको बताए ।आफूसंग सबै कागजात रहेपनी न्याय दिने निकायनै मौन बसेको उनले भने।

पीडित साहले आफ्नो घरमा भाडा लिएर बसिरहेका व्यक्तिहरुलाई अपमान जनक शब्दहरु प्रयोग गरेर घर खाली गर्न सावित्री गिरि र मिटर व्याजी पीडित संघर्ष समिति धनुषाका व्यक्तिहरुले जबर्जस्ती घरमा खाली गर्न धम्कीसमेत दिदै आइरहेको उनले आरोप लगाएका हुन।

यता,उजुरी दिने सावित्री गिरिसंग यस विषयमा प्रतिक्रिया लिन पटकपटक फोन सम्पर्क गरेपनी उहाँसंग सम्पर्क हुन सकेनन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]