०९ चैत्र २०८२, मंगलबार
24-03-2026 , Tue
×

मिटर ब्याजीको अनौठो उजुरी : जग्गा किन्दा मिटर ब्याजीको उजुरी !

Logo
न्यूज मधेश प्रकाशित बुधबार, भाद्र २७, २०८०

जनकपुधाम । धनुषामा एकजनाले आफूमाथी अनौठो किसिमको मिटर ब्याजीको उजुरी परेको दाबी गरेका छन् । जनकपुरधाम उपमहानगरपालिका–१ का रामबाबु साहले आफूसँग कुनै प्रकारको आर्थिक लेनदेनको कारोबार नरहे पनि आफूमाथी मिटरब्याजीको उजुरी परेको आरोप लगाएका हुन् ।

साहले आफूमाथी जनकपुरधाम उपमहानगरपालिका–१८ की सावित्री गिरीले मिटरब्याजीको उजुरी दिएको आरोप लगाएका छन् । उनले गिरीसँग २०६५ भदौ ५ मा आफूले २५ लाख रुपैयाँमा घरजग्गा खरिद गरेको र अहिले आएर सोही विषयमा आफूमाथी मिटरब्याजको उजुरी दिएको आरोप लगाए । साहले गिरीसँग जग्गा खरिद गर्नुभन्दा अगाडी वा त्यसपछि आफ्नो कुनै प्रकारको आर्थिक लेनदेनको कारोबार नरहेको जिकिर गरे ।

उनले जग्गा २५ लाखमा खरिद गरेपनि १३ लाख ७० हजार २ सयको सरकारी मूल्यांकनमा जग्गा पास भएको बताए । जग्गा पास भएको केही दिनपछि गिरीले घर खाली गरेपछि आफूले नियमित रुपमा घरमा बास बसी भोगचलन गर्न थालेको साहले बताए ।

आफूहरु घरमा बास बस्न थालेको ६ महिनापछि २०६५ फागुन १३ मा आफ्नो ३ लाख ३० हजार रुपैयाँ बाँकी रहेको भनि गिरीले रेल्वे स्टेशन प्रहरी चौकीमा उजुरी दिएको साहले दाबी गरे । उजुरी पश्चात भद्रभलादमी तथा रोहबरमा छलफल हुँदा आफूले फेरी त्यो पैसा तिरेको उनले बताए । उक्त पैसा तिरिसकेपछि अब उपरान्त रामबाबुसँग कुनै प्रकारको बाँकी बक्यौता नरहेको कागज बनाइएको साहले बताए ।

पीडित साहले गिरीसँग आफ्नो कुनै आर्थिक कारोबार नरहेको र उनले बेचेको जग्गा आफूले किन्दा कसरी मिटर ब्याजी भएको प्रश्न गरे । उनले यदि यसरी कुनै व्यक्ति मिटर ब्याजी हुन्छ भने भोलीका दिन कोही कसैले कसैको जग्गा किन्दा सबै जग्गा किन्ने व्यक्ति मिटर ब्याजी हुने गुनासो गरे । यसमा आफू अन्यायमा परेकोले आफूले न्यायको लागि न्यायिक ढोका चहारिरहेको बताए ।आफूसंग सबै कागजात रहेपनी न्याय दिने निकायनै मौन बसेको उनले भने।

पीडित साहले आफ्नो घरमा भाडा लिएर बसिरहेका व्यक्तिहरुलाई अपमान जनक शब्दहरु प्रयोग गरेर घर खाली गर्न सावित्री गिरि र मिटर व्याजी पीडित संघर्ष समिति धनुषाका व्यक्तिहरुले जबर्जस्ती घरमा खाली गर्न धम्कीसमेत दिदै आइरहेको उनले आरोप लगाएका हुन।

यता,उजुरी दिने सावित्री गिरिसंग यस विषयमा प्रतिक्रिया लिन पटकपटक फोन सम्पर्क गरेपनी उहाँसंग सम्पर्क हुन सकेनन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]