३० जेठ २०८३, आइतबार
14-06-2026 , Sun
×

मन्त्रालयभित्रका अनियमितता रोक्न डा.राउतले मन्त्री साहलाई दिए यस्ता सुझाव

Logo
न्यूज मधेश प्रकाशित बिहिबार, भाद्र २८, २०८०

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनितादेवी साहलाई साविकदेखि हुने गरेको अनियमितता रोक्न सुझाव दिएका छन् ।

जनमतबाट मन्त्री बनेकी शाहलाई मन्त्रालयमा साविकदेखि हुने गरेको अनियमितता रोक्न छलफलपछि ६ सुझाव दिएका हुन् ।

उनले निजामती कर्मचारीहरूको कल्याण र भ्रष्टाचाररहित सार्वजनिक प्रशासन नै आफूहरूको उद्देश्य भएकाले मन्त्रालय परिसरमा चलखेल रोख्न सीसीटिभी जडान गर्ने, बिचौलियाको प्रवेश रोक्ने र कसैले कसैसँग पैसा लिएर सरूवा बढुवा गर्ने चलखेल रोक्न सुझाएका छन् ।

उनले भनेका छन्, ‘कुनै बिचौलिया, कर्मचारी वा जोसुकैले सेवाग्राहीसँग सरूवा बढुवाको लागि पैसा मागेको छ भने ठोस प्रमाणसहित हामीलाई जानकारी गराउनुस् ।’

पैसा कमाउने नियतले नै रहेका मन्त्रालयका कर्मचारीहरूलाई अन्यत्र सरूवा गर्न भनेका छन् । इन्जिनियरिङ स्टाफ कलेजको स्थापनाको लागि पहल गर्ने, निजामती सेवा ऐनमा समेट्नु पर्ने वा संशोधन गर्नुपर्ने बताएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]