३० मंसिर २०८२, मंगलबार
16-12-2025 , Tue
×

मन्त्रालयभित्रका अनियमितता रोक्न डा.राउतले मन्त्री साहलाई दिए यस्ता सुझाव

Logo
न्यूज मधेश प्रकाशित बिहिबार, भाद्र २८, २०८०

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनितादेवी साहलाई साविकदेखि हुने गरेको अनियमितता रोक्न सुझाव दिएका छन् ।

जनमतबाट मन्त्री बनेकी शाहलाई मन्त्रालयमा साविकदेखि हुने गरेको अनियमितता रोक्न छलफलपछि ६ सुझाव दिएका हुन् ।

उनले निजामती कर्मचारीहरूको कल्याण र भ्रष्टाचाररहित सार्वजनिक प्रशासन नै आफूहरूको उद्देश्य भएकाले मन्त्रालय परिसरमा चलखेल रोख्न सीसीटिभी जडान गर्ने, बिचौलियाको प्रवेश रोक्ने र कसैले कसैसँग पैसा लिएर सरूवा बढुवा गर्ने चलखेल रोक्न सुझाएका छन् ।

उनले भनेका छन्, ‘कुनै बिचौलिया, कर्मचारी वा जोसुकैले सेवाग्राहीसँग सरूवा बढुवाको लागि पैसा मागेको छ भने ठोस प्रमाणसहित हामीलाई जानकारी गराउनुस् ।’

पैसा कमाउने नियतले नै रहेका मन्त्रालयका कर्मचारीहरूलाई अन्यत्र सरूवा गर्न भनेका छन् । इन्जिनियरिङ स्टाफ कलेजको स्थापनाको लागि पहल गर्ने, निजामती सेवा ऐनमा समेट्नु पर्ने वा संशोधन गर्नुपर्ने बताएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]