१७ कार्तिक २०८२, सोमबार
03-11-2025 , Mon
×

धनुषामा घुमुवा प्रहरी हुँ भन्दै लुटपाट गर्ने यादव पक्राउ

Logo
न्यूज मधेश प्रकाशित शुक्रबार, भाद्र २९, २०८०

जनकपुरधाम ।धनुषा प्रहरीले आफूलाई घुमुवा प्रहरी बताई लुटपाट गर्ने एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धनुषाको कमला नगरपालिका ३ लग्माका ३१ वर्षीय अमरेश कुमार यादव रेहेका छन् भने एक जना फरार रेहेका छन् ।

पक्राउ परेका अमरेश कुमार यादव र फरार रहेका अन्य एक जनाले आफूलाई घुमुवा प्रहरी हुँ भनेर धाक धम्की देखाइ धनुषाको विदेह नगरपालिका ३ चिकनास्थित सडक खण्डमा ज ७ प ६०८६ नम्बरको मोटरसाइकलमा सवार यात्रुहरुसंग ४ हजार रुपैयाँ नगद लुटेर भागेका थिए ।

उक्त घटनाको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय दुहवी धनुषाबाट खटिएको प्रहरी टोलीले अमरेश कुमार यादवलाई पक्राउ गरेको छ ।

पक्राउ परेका यादवमाथि अनुसन्धान पक्रिया अगाडि बढाइएको छ भने फरार रहेका अन्य एक जना व्यक्तिको खोजी भइरहेको धनुषा प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]