२१ मंसिर २०८२, आइतबार
07-12-2025 , Sun
×

कृषिविज्ञ डा. सत्यनारायणको १३ औं पुण्यतिथिमा श्रद्धाञ्जली !

Logo
न्यूज मधेश प्रकाशित शुक्रबार, भाद्र २९, २०८०

जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिकाको हठ्ठिपुरस्थित रहेको मंगलेश्वर महादेव मन्दिरको संस्थापक कृषिविज्ञ डा. सत्यनारायण यादव भदिसवारको १३ औं दिनको पुण्यतिथिका अवसरमा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ।

शुक्रबार मंगलेश्वर महादेव मन्दिरको प्राङ्गणमा आयोजित श्रद्धाञ्जली सभामा सिंगो हठ्ठिपुरका महिला पुरुष बालबालिका बृद्धसहितले डा. भदिसवारको फोटोमाथि फूल अबिर चढाई श्रद्धाञ्जली अर्पण गरे । सोही क्रममा उहाँको श्रीमती र छोरा शिवशंकर यादवसहित स-परिवारले उहाँलाई स्मरण गर्दै सभाको शुरुवात गरे ।

कार्यक्रममा सहभागीहरुले मंगलेश्वर महादेव मन्दिरको संस्थापक कृषिविज्ञ डा. भदिसवारको निधनले आफ्ना अभिभावक गुमाएको बताए । उहाँहरुले डा. भदिसवारले समाज परिवर्तनमा गरेका सराहनीय कार्यहरुलाई स्मरण गर्दै नाम अमर भएको बताए ।

सरकारले गर्न नसक्ने कार्यहरु डा. भदिसवारले गरि इतिहास रचेको सभाका सहभागीहरुले धारणा राखे । करोडौंको लगानीमा मंगलेश्वर महादेवको मन्दिर निर्माण गरेको जसबाट उनको नाम अमर भएको बताए । उनको सहयोगमा सयौं जना विद्यार्थीहरु आज डाक्टर, इन्जिनियर बनेको छ । अझै सयौं जना विद्यार्थीहरु अध्ययनको क्रममै छ । जसको कारण डा. भदिसवार हाम्रो गाउँ हठ्ठिपुरका शान रहेको थियो । उनको योगदानले दिनहु बाहिरका मानिसहरुले हाम्रो गाउँमा मंगलेश्वर महादेवको दर्शन गर्न आउँछन् । जसबाट हाम्रो गाउँको नाम देश विदेशमा पनि प्रख्यात भएको छ ।

मंगलेश्वर महादेव मन्दिरको परिकल्पनाकार संस्थापक कृषिवीज्ञ डा.सत्यनारायण यादव भदिसवारको ६५ वर्षको उमेरमा भाद्र १८ गते अमेरीकामा निधन भएको थियो । उनी ४५ वर्षदेखि अमिरेकामा बस्दै आएका थिए । उनको श्रीमती ,छोरा शिव शंकर यादव भदिसवार र दुई छोरी छन् ।

उनीहरु पनि अमेरीकामै बस्दै आएका छन् । छोरा शिवशंकरले दागबत्ती लिएका थिए । उहाँको अन्तिम संस्कार अमिरेकामै गरिए पनि काज किरिया जन्मधर्तीमै सम्पन्न गरिएको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]