१९ आषाढ २०८२, शुक्रबार
04-07-2025 , Fri
×

पन्नी प्रयोगमा कमि ल्याउन कायापलटद्वारा ‘गुट्की’ अवतारको डस्टविन सार्वजनिक

Logo
न्यूज मधेश प्रकाशित शनिबार, भाद्र ३०, २०८०

जनकपुरधाम ।जनकपुरधाममा युवाहरुको संस्था कायापलटले प्लास्टिक झोला निषेध तथा अन्त्य गर्नका लागि जनचेतना अभिवृद्धि गराउने उद्देश्यले गुट्की नामक रावण अवतार स्वरुप रहेको डस्टबिनको उद्घाटन गरेको छ ।

५९ औं बाल दिवसको अवसरमा आयोजित बालबालिकासंग अन्तरक्रिया कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिका वडा नं १० का वडा अध्यक्ष मिथिलेश कुमार कर्ण द्वारा उद्घाटन गरेको हो । श्री सीताराम राष्ट्रिय प्रा.विमा वडा कार्यालयद्वारा आयोजित तथा कायापलट तथा एकीकृत बाल क्लबको सहकार्यमा भएको कार्यक्रममा बालबालिकाको अधिकारसँगै स्वच्छ वातावरण निर्माण गर्न तथा प्लास्टिक हानीबारे पनि जनचेतना जगाउन उद्घाटन गरेको कायापलटका संस्थापक दिवाकर उप्रेतीले बताए ।

मानिस तथा वालवालिकामा चेतना अभिवृद्धि गराउन तथा प्लास्टिक झोला प्रयोगमा कमि ल्याउन पन्नी मुक्त अभियान अन्तर्गत सुरुवात भएको उप्रेतीले बताए । उनका अनुसार मानिसलाई प्लास्टिक झोला प्रयोग नगर्ने बानी बसाल्न अभियानले सहयोग पुग्ने विश्वास लिइएको छ। उनले यस्ता खालको रावण अवतारका डस्टविन अभियानसँगै डुल्ने तथा गुट्की जस्तै अन्य अवतारमा समेत निर्माण भैरहेको जानकारी दिएका छन् । उनले गुट्खाका खोलले वातावरण थप प्रदूषण बढाएकाले सैतान सिपाही अर्थात रावण अवतारको डस्टविनलाई गुट्की नाम राखेको जानकारी दिए ।

गुट्कीलाई उद्घाटन पछि वडा अध्यक्ष कर्णले बालबालिकासँग सम्वाद गर्दै प्लास्टिक झोला प्रयोग गरे गुट्की घर घरमा आउने वताए । उनले बालबालिकालाई प्लास्टिक झोला प्रयोग नगर्ने तथा घरका परिवारमा समेत झोला प्रयोग गर्ननहुने बारे जानकारी प्रदान गर्ने दायित्व आत्मसाथ गर्न सुझाएका थिए।

कार्यक्रममा एकीकृत बाल क्लबका सदस्यहरू, कायापलटका सदस्यहरु तथा वडाका बालबालिका हरुको उपस्थित रहेको थियो । त्यस्तै कार्यक्रममा वडा सदस्य तथा अभियन्ताको समेत उपस्थिति रहेको थियो। त्यो संगै वडाले यस्तो रावण अवतारका डस्टविनले मानिसलाई थप सचेत गर्ने समेत विश्वास लिएको बताएका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]