१७ चैत्र २०८२, बुधबार
01-04-2026 , Wed
×

साक्षर मधेश प्रदेश बनाउन क्रियाशील छौंः शिक्षामन्त्री यादव

Logo
न्यूज मधेश प्रकाशित बुधबार, आश्विन ०३, २०८०

जनकपुरधाम । मधेश प्रदेशका शिक्षा तथा समाजकल्याण मन्त्री महेश प्रसाद यादवले मधेश प्रदेशलाई साक्षर प्रदेश बनाउने प्रतिवद्धता जनाएका छन् ।

शिक्षा दिवस २०८० को उपलक्ष्यमा जनकपुरधाममा मंगलबार आयोजना गरिएको मधेश प्रदेशको शिक्षाको अवस्था र सुधारका उपायहरु सम्बन्धि अन्तरक्रिया कार्यक्रममा मन्त्री यादवले यस्तो प्रतिवद्धता जनाएका हुन् ।

उनले तीनै तहका सरकार मिलेर शिक्षालाई सुदृ बनाउनका लागि निर्णनायक छलफल गरि अगाडी बढाउने बताउदै उनले यसकालागि गुरुयोजनाको तयारी गरिएको र गुरुयोजना बन्नासाथ आवश्यक प्रकृया अगाडी बढाईने बताए।

उनले भने, ‘नीजि विद्यालयहरुले शिक्षाको मापदण्ड मानेको अवस्था छैन, जसलाई जहिले मन लाग्यो त्यतिबेलानै शुल्क वृद्धि देखि लिएर विभिन्न किसीमका निर्णयहरु गर्दै आएका छन्, मनपरितन्त्र हावी छ, यसलाई न्युनिकरण गरिन्छ ।’ शिक्षालाई सुदृढ बनाउनका लागि नीति निमार्ण नभएको बताउदै नीति निमार्ण गरिने प्रक्रियामा रहेको र बनेपछि कडाईका साथ लागु गरि मधेशलाई पुनः शिक्षाको हव बनाउने प्रतिवद्धता जनाए ।

निशुल्क शिक्षा त लागू गरिएको छ तर यसमा पनि व्यापारिकण हावी भएको बताउदै उनले मातृभाषामा शिक्षा लागु गर्नका लागि पनि आवश्यक कानुनको निमार्ण गर्ने तयारी भइरहेको बताए । कार्यक्रममा शिक्षा समन्वय ईकाई महोत्तरीका प्रतिनिधी राजदेव यादवले मधेशमा शिक्षा कमजोर हुनुको कारण सरोकारवाला निकाय इमान्दार नभएकै कारणले यस्तो अवस्था सृजना भएको बताए । मधेशमा सबै चिजको सुलभ उपलब्धता रहेपनि इमान्दारि सोचको समस्या रहेको बताउदै सरोकारवालाले परिवर्तनका अठोट लिएर अगाडी बढे मधेशको शिक्षालाई उतकृष्ट शिक्षा बनाउन सक्ने बताए ।

उनले अभिभावकहरुको कमजोरीका कारणपनि मधेशको शिक्षा कमजोर रहेको बताए । त्यसैगरि शिक्षा विद दानीकान्त झाले मधेशमा गुणस्तरिय शिक्षाको कमी रहेको बताए । उनले भने,’ गुणस्तरिय शिक्षाको अभावले नै मधेशमा वेरोजगारीको समस्या चरममा रहेको छ, प्रतिस्पर्धात्मक शिक्षाको अवस्था सृजना गर्न परिवर्तनका लागि सबैलाई प्रण लिनुपर्छ ।’ एसइइ पास त गर्दैछ तर,आउटपुट नरहेको बताउदै अभिभावकको पनि उतिकै कमजोरी रहेको कारणले शिक्षालाई सुदृढ बनाउन नसकिएको बताए । कार्यक्रममा राराव क्याम्पसका प्रोफेसर रामरिझन मण्डलले मधेशको शिक्षामा तालमेलको अभाव रहेको बताए । उनले विद्यालयमा कस्तो शिक्षा प्रदान गरिदैछ त्यस्को अनुगमन गर्ने कार्यपनि नहुँदा मधेशको शिक्षा दिनानुदिन खस्किदै गएको बताए । त्यस्तै दलित विकास समितिका उपाध्यक्ष रामप्रवेस वैठाले शिक्षाका लागि आउने बजेटमा पनि राजनीतिकरण हावी रहेको बताए ।

उनले शिक्षामा आउने बजेटको सहि सदुपयोग पनि गरियो भने केहि हदसम्म सुधार गर्न सकिने बताए । मधेशमा शिक्षालाई अगाडी बढाउन गठन गरिएको शैक्षिक प्रतिष्ठानहरुलाई खारेज गर्नुभन्दा त्यस्को कमजोरी पता लगाएर सवल बनाउन तर्फ जोड दिन उनले सरकारलाई आग्रह गरेका थिए। शिक्षा तथा समाजकल्याण मन्त्रालय मधेश प्रदेशको आयोजनामा गरिएको कार्यक्रममा समावेशी र शिपमुलक शिक्षाः स्वदेशमै युवा राष्ट्रको इच्छा लक्ष्य लिइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]