१७ चैत्र २०८२, बुधबार
01-04-2026 , Wed
×

संविधान दिवसको विरोधमा तमलोपाद्वारा कालो झण्डा प्रदर्शन

Logo
न्यूज मधेश प्रकाशित बुधबार, आश्विन ०३, २०८०

जनकपुरधाम । मुलुकभरि संविधान दिवसको उत्सव मनाइरहँदा मधेश प्रदेशको राजधानीमा भने संविधान दिवसको विरोध गरिएको छ ।

संविधान दिवसको विरोधमा आज जनकपुरमा संविधान जारी भएको दिनलाई कालो दिवसको रुपमा मनाइएको छ ।

२०७२ मा संविधानसभाबाट जारी भएको नेपालको संविधान प्रति असन्तुष्टि जनाउँदै तराई मधेश लोकतान्त्रिक पार्टीले आज बिहान जनकपुरधामको विभिन्न चोकमा कालो झण्डा प्रदर्शन गरेको हो ।

जनकपुरधामको चोक–चोकमा कालो झण्डा प्रदर्शन गर्दा प्रहरीले हस्तक्षेप गरी दमन गर्न खोजेको तमलोपाका केन्द्रिय सदस्य उमेश मण्डलले जनाए ।

उनले २०७२ सालमा जारी भएको संविधान दिवसको दिन मधेशमा राज्यले नै प्रहरी प्रशासन लगाएर मधेशीको हत्या गरिरहेकाले सो दिनको विरोध गरेको बताए ।

नेता मण्डलले संविधानमा जनसंख्याको आधारमा मधेशलाई समानुपातिक सहितको राज्यको हरेक निकायमा पहुँच हुनुपर्ने, प्रदेश संरचना अनुसार प्रदेशलाई अधिकार सम्पन्न बनाउनु पर्ने लगायतका मागहरु रहेको बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]