१० माघ २०८२, शनिबार
24-01-2026 , Sat
×

आठ करोडको खसी, बोका, च्याङ्ग्रा खरिद गर्दै

Logo
विष्णु पाण्डेय प्रकाशित बिहिबार, आश्विन ०४, २०८०

काठमाडौँ। सरकारले यस वर्ष पनि चाडपर्व लक्षित सहुलियत पसल सञ्चालनका लागि आठ करोड ३३ लाखको खसी, बोका तथा च्याङ्ग्रा खरिद गर्ने भएको छ ।

चाडपर्व लक्षित सहुलियत पसल सञ्चालन गर्ने र दसैँ ,तिहारका लागि खाद्य,व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले खसी, बोका तथा च्याङ्ग्रा खरिद गर्न लागेको हो । कम्पनीका सूचना अधिकारी शर्मिला न्यौपानेका अनुसार दसैँका लागि तीन हजार खसी,बोका तथा च्याङ्ग्रा खरिद हुनेछन् ।

जसमध्ये दुई हजार खसी र बोका रहनेछन् भने एक हजार च्याङ्ग्रा खरिद गरिने न्यौपानेले बताउनुभयो । वार्षिक कार्यपालिका अनुसार नै कम्पनीले खसी, बोका तथा च्याङ्ग्रा खरिदका लागि बजेट छुट्याएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “सरकारले प्रत्येक वर्ष नै सहुलियत पसल र खसी, बोका तथा च्याङ्ग्रा खरिद गर्दै आएको छ । यस वर्ष पनि सोही कार्यक्रमका लागि आठ करोड ३३ लाख रकम छुट्टाएका छौँ ।” उहाँका अनुसार कम्पनीले प्रस्ताव गरेको रकम केही दिनमै मन्त्रालयमा पेस हुने र निर्णय हुनेछ ।

गत वर्ष जस्तै यसवर्ष पनि सहुलियत पसलहरू रहने उहाँको भनाइ छ । काठमाडौँ उपत्यका र बाहिरबाट धेरै माग भएको खण्डमा आवश्यकता अनुसार सहुलियत पसल थप गर्न सकिने सूचना अधिकारी न्यौपानेको भनाइ छ । ती पसलका आधारभूत खाद्यान्न सहुलियत मूल्यमा पाइने कम्पनीले जनाएको छ । उपत्यका बाहिरका ४० जिल्लाका ३९ स्थानमा पनि खाद्यको सुपथ पसल हुनेछ ।

साल्ट ट्रेडिङले पनि संयुक्त र बेग्ला बेग्लै गरी देशभर ३८ वटा स्थानमा सहुलियत पसल सञ्चालन गर्ने तयारी गर्ने जनाएको छ । कहिलेदेखि सो पसल सञ्चालन हुन्छ भन्ने भने निर्णय उद्योग मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले गर्नेछ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]