१७ चैत्र २०८२, बुधबार
01-04-2026 , Wed
×

महोत्तरीबाट दुई क्विन्टल गाँजासहित दुई जना पक्राउ

Logo
न्यूज मधेश प्रकाशित बिहिबार, आश्विन ०४, २०८०

काठमाडौं । अवैध लागूऔषध गाँजासहित महोत्तरीबाट दुई जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा धादिङ थाक्रे गाउँपालिका-७ बस्ने वर्ष २३ वर्षीय जीवन तामाङ र महोत्तरी जलेश्वर नगरपालिका-७ का २५ वर्षीय सुरेन्द्र दास रहेका छन्।

महोत्तरी प्रहरीको गस्ती टोलीले चेकजाँच गर्ने क्रममा जलेश्वर नगरपालिका १ महादेव मन्दिर नजिकबाट उनीहरूलाई दुई क्विन्टल दश किलो गाँजासहित पक्राउ गरेको हो।

बागमती प्रदेश ०१-०२६ च ४९२१ नम्बरको पिकअप गाडिलाई रोकी चेकजाँच गर्नेक्रममा गाडीभित्र लुकाइछिपाई राखिएको १४ वटा पोकामा २ सय १० किलो गाँजा बरामद भएको थियो।

पिकअप भित्र गाडीको बिचमा १४ वटा पोकामा राखिएको गाँजा चारैतिरबाट मिनिरल वाटरको बोतलले छोपिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]